Advertisement

ससुराली आएका एक पुरुषको मोटरसाइकल दुर्घटना पछि मृत्यु

न्युजडेस्क
२०७७ कार्तिक ४, मंगलवार १३:३२

जनकपुरधाम । धनुषामा ससुराली आएका एक पुरुषको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।घटनामा मोटरसाइकलमै सवार भएका अन्य दुई जना घाइते भएका छन् ।

सोमवार मध्यराति नगराइनबाट गंगुलीर्फ आउने क्रममा बि आर ३२ एबी ४१८३ नम्बरको मोटरसाइकल दुर्घटनामा भारतको मधुवनी उमगाउ घर भएका ४० वर्षीय शंकर महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक महरा नगराइन नगरपालिका–४ स्थित ससुराली आएका थिए । तिब्र गतिमा रहेका मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ । सडकमा अचानक कुकुर आएपछि गाडी नियन्त्रित भएको बताइएको छ ।

दुर्घटनामा घाइते भएका दुबैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीजले जनाए । घटनास्थलमै कुकुरको समेत मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर