जनकपुरधाम / नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८८ हजार ८८३ जना पुगेको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
यता, पछिल्लो २४ घण्टामा ४५ सय जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ७० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्