Advertisement
☰

७ लाख नक्कली नोटसहित तीन जना पक्राउ

न्युजडेस्क
२०७७ कार्तिक २८, शुक्रबार १०:०२

जनकपुरधाम । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् ।

जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय विमलेन्द्र नायक छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको संंयुक्त टोलीले उनीहरुको साथबाट ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोट बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर