Advertisement

कानुनी उपचार खोज्नुपर्ने ठाउँमा आफै न्यायाधीश भएको सिके कार्यकर्तालाई कार्वाही गर्नुपर्छ: प्रवक्ता साह

न्युजडेस्क
२०७८ कार्तिक ४, बिहीबार २०:३२

जनकपुरधाम, कार्तिक ४ गते । प्रदेश २ का प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले  डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता अराजक बनेको भन्दै कारवाही गर्न सम्बन्धीत पक्ष समक्ष मांग गरेका छन् ।

सिके राउतको व्यक्तिगत स्वार्थका लागि कार्यकर्ता परिचालन गरी खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश्वर कुशवाहामाथि अमानव्य गतिविधि गरेको भन्दै संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्न मांग गरेका हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीको निन्दनीय घटना रहेको दाबी गर्दै  अर्थ मन्त्री साहले  भने कानुनी उपचार खोज्नुपर्ने ठाउँमा आफै न्यायाधीश भएको राम्रो होइन ।

यदि खानेपानीको इन्जिनियर साच्चिकै दोषी हो भने पनि सम्बन्धीत निकायद्धारा कारवाही गर्न लगाउनु पर्ने हो । तर समूह बनाई यसरी कारबाही गर्ने अधिकार सिके राउत वा उनको कार्यकर्ताको छैन ।

विगतका दिनमा तराई मधेसमा विभिन्न जनतान्त्रिक संगठन तथा माओवादीले पनि यसरी कानून हातमा लिएर उपद्रो मच्चाएको थिएन् । तर सिके राउतले मधेसको नाममा मधेसीलाई नै निशाना बनाई कानून हातमा लिएको मन्त्री साहको  ठहर छ ।

खानेपानी प्रमुखलाई गैरकानूनी कार्य गरेको भन्दै धनुषा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कानून बमोजिम कारवाही नगरीए कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर