Advertisement
☰

जुवाको खालमा प्रहरीको छापा : १ लाख ४६ हजार रुपैयाँसहित सात जना पक्राउ

न्युजडेस्क
२०७७ मंसिर ९, मंगलवार ०८:१६

दाङ – दाङको देउखुरीमा प्रहरीले जुवाको खालमा छापा मारेर झण्डै डेढ लाख नगदसहित सात जनालाई पक्राउ गरेको छ ।

राप्ती गाउँपालिका २ काे लालमटियामा रहेकाे गोपाल खत्रीको घरमा सञ्चालित राप्ती फेमिली रेस्टुरेन्टमा जुवा खेलिरहेका र खेलाइरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा एक लाख ४६ हजार रुपैयाँसहित सात जनालाई पक्राउ गरेको हाे ।

प्रहरीले जुवा खेल्न प्रयोग भएको १० बुक ताससमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका ३ का चुमान सिंह सुनार, अल्ली शाह, एडिस मिँया, अक्कबर हुसेन मिँया र कृष्णबहादुर राना तथा दाङको राप्ती गाउँपालिका २ का यमबहादुर राना र  रुपेश आले रहेका छन् । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर