Advertisement

विभिन्न पार्टी परित्याग गरी ५० जना जसपामा प्रवेश

न्युजडेस्क
२०७८ कार्तिक १३, शनिबार २२:१०

जनकपुरधाम, कार्तिक १३ गते। जनता समाजवादी पार्टी प्रदेश नं २ संसदीय दलका उपनेता प्रदेश सांसद रामअशिष यादवले नेपालको एेतिहासिक जनआन्दोलन, मधेश आन्दोलन सहित सबै अधिकारवादी अान्दोलनमा बुध्दिजीवीहरुको महत्वपूर्ण भूमिका रहेको कुरा बताउनुभएको छ।

नेपाल बौद्धिक पेशा कर्मि महासंघको आयोजना सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रम र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपनेता यादवले बुध्दिजीविहरु राजनीतिको हिसा नबन्ने सम्म अयोग्य व्यक्तिले योग्य माथि शासन गर्ने कुरा बताउनुभएको छ।

नेपाल बौद्धिक पेशा कर्मि महासंघ का प्रदेश सदस्य अमरेन्द्र कुमार झा को अध्यक्षता मा सम्पन्न कार्यक्रममा पार्टी का केन्द्रिय सदस्यद्वय प्रा डा राम स्वार्थ राय,बेचन मुखिया, बौद्धिक नेता प्रा सुरेन्द्र यादव, प्रदेश सदस्य ममता पाठक, नेपाल बौद्धिक पेशा कर्मि महासंघ का केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, शिक्षक फोरम का केन्द्रिय उपाध्यक्ष अरविन्द यादव, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष विष्णु देव साह,प्रा भोला मिश्रा, महेश मंडल, नेपाल बौद्धिक पेशा कर्मि महासंघ का जिल्ला अध्यक्ष ब्रजकिसोर यादव, शिक्षक फोरम का जिल्ला अध्यक्ष नन्द किशोर तिवारी सहित का वक्ता हरुले बोल्नु भएको थियो।

सो कार्यक्रममा करिब ५० जना विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल पार्टी मा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर