नेपाली काँग्रेसले केपी शर्मा औली नेतृत्वको सरकार विरुद्ध आज गरेको देशव्यापी प्रदर्शनमा बालबच्चादेखि सरकारी गाडीको समेत दुरुपयोग भएको पाइएको छ ।
स्वास्थ्य समबन्धी मापदण्डको धज्जी उडाउँदै काँग्रेसले जनकपुरमा उतारेको हजारौँ कार्यकर्ताको भिडमा बालकलालाई समेत झण्डा बोकाएर प्रदर्शनमा उतारेको पाइएको हो ।
उनीहरुलाई सरकार विरुद्धको नारावाजी तथा प्रचारमा प्रयोग गरिएको थियो । अबोध अपरिपक्व तथा पढ्ने लेख्ने उमेर समुहका बालकलाई आन्दोलनमा सहभागी गराइएकोमा स्थानीयहरुले आपत्ति समेत जनाएका छन् ।
यस्तै जनताको सेवाकालागि सरकारले उपलब्ध गराएका सवारी साधनलाई समेत आन्दोलनमा प्रयोग गरेको भेटिएको छ । प्र२ –०२–००१, ज १ ब ६६३ लगायतका नम्बरको सरकारी गाडीमा झण्डा बोकेर कर्मचारीले समेत प्रदर्शन गरेको देखिएको हो । यद्धिपी मोटरसाइकल तथा चालक को रहेको भनी खुल्न सकेको छैन् ।
सरकारी गाडीलाई पार्टीगत तथा आन्दोलनमा प्रयोग गरिएकोमा फेसबुक लगायतका समाजिक संजालमा सरकारी गाडीको दुरुपयोग गर्ने व्यक्तिलाई कार्वाहीको समेत माग गरिएको छ । ‘ यो सब माथि कर्बाहिको माङ गर्द्छु।
कर्मचारी कामको समयमा कुनै पार्टी झण्डा गाडी बोकेर घुम्नेलाई छिटो कार्बाही होस।
प्रतिक्रिया दिनुहोस्