सप्तरी नबिन यादव
पुस-२६
राजविराज
मेरो नाममा लालपुर्जा भएको जग्गाको अगाडिमा एलानी भएकाले उक्त एलानी जग्गा मेरो हो भन्दै २० वर्ष देखी बसोबास गर्दै आएका तीन गरिब दलित परिवारको घरलाई डोजर लगाएर भत्काएको छ।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न-८ का तीन दलित राम(चमार) परिवारको घरलाई बिना कुनै पुर्व जानकारी वडा अध्यक्षको षड्यन्त्रपुर्ण मिलोमतोमा धनपैत राम र रामधिन राम को पाँच वटा घर डोजर लगाएर भत्काएको हो ।
उक्त वडाका अध्यक्ष लक्ष्मी खङ्गले आफुलाइ घर भत्काउने समयमा कुनै जानकारी नगराएको बताए ।अध्यक्ष खङ्गले अहिलेसम्म स्थलगत अवलोकन समेत गरेको छैन ।सो गापा को वडा न.-७ को अध्यक्ष गुलाब सिंहलाई यश घटना बारे भन्नुहुन्छ “सुमन महतो (मलेठिया)ले जग्गाको मुद्दा अदालतबाट जितेको छ।उहाँ जग्गा समेत त्यहाँ ऐलानी जग्गा समेत रहेकाले अगाडिको ऐलानी जग्गामा भएको घर सहर्जमिन गराएर भत्काएको बताए ।
दुइ जना पीडित परिवार उक्त जग्गामा २० वर्ष देखि बसोबास र भोग गर्दै आइरहेको थियो ।हिजो एक्कासि त्यहाँ सुमन महतोले डोजर ल्याएर पाँच वटा घर मेरो नमरी जग्गामा रहेकोले भत्काउन लागिएको स्थानीयले बताए ।
नेपालको संविधानले समेत अवासको हक ग्यारेन्टी गरेको छ।कुनैपनि नागरिकलाई निजको स्वामित्वमा रहेको घरलाई कानुन बमोजिम बाहेक हटाउन नपाउने हक सुरक्षीत हुदाहुदै महतो र वडा अध्यक्ष खंङ्गको मिलोमतोमा षड्यन्त्रपुर्ण तरिकाले अशिक्षित, दलित बिपन्न परिवारलाई झुक्याई सहर्जमिन गराएर घर भत्काएको हुन सक्ने स्थानीय बताउँछन्
त्यसैगरि पीडित परिवारको अनुसार उनीहरुलाई घर भत्काउने सम्बन्धमा कुनैपनि जानकारी गराइ हिजो एक्कासि डोजर लाएर महतोले घर भत्काएको बताए ।घरमा भएको सरसमान पनि निकाल्न नदिएर घर तोडेको गुनासो पोखे ।
प्रतिक्रिया दिनुहोस्