उर्मिला यादव
माघ ८ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट बुधबार २ लाख ४६ हजार ४ सय मुल्य बराबरको खसी र बोईलर कुखुरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ७ मोजरहियाबाट बरामद गरेको छ ।
उक्त खसी मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि खसी छोडि मानिस भगेको प्रहरीले जनाएको छ । उक्त खसीको प्रति गोटा २० हजारका दरले करीब २ लाख मुल्य बराबर रहेको छ भने बरामद खसी आवश्यक कारवाहीको लागि बुधबार नै महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ११६ गोटा करीब २ सय ३२ के.जी. जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १० नौडीहवाबाट बरामद गरेको जनाएको छ । बरामद कुखुराको मुल्य ४६ हजार ४ सय मुल्य बराबर रहेको छ ।
उक्त कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्