वीरगञ्ज । पर्साको सदरमुकाम वीरगञ्जमा कोठा खोज्ने बहानामा आएका एक भारतीय नागरिकले ११ वर्षीया बालिका बलात्कार गरेका छन । पीडित बालिकाको बुबाको उजुरीको आधारमा प्रहरीले बलात्कारमा संल्गन भएका भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । कोठा खोज्न आएको बताएका उनले साथीको छोरी बलात्कार गरेका हुन । बालिकाको स्वास्थ्य जाँच गराउँँदा बालात्कार भएको प्रारम्भिक जानकारी प्रहरीले परिवारलाइ दिएको छ ।
पक्राउ परेका भारतीय नागरिक मियाँविरूद्ध आइतबार जिल्ला अदालत पर्सामा पेश गरेर जर्बजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी छ ।
























