Advertisement

तीनै तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री देउवाको निर्देशन

न्युजडेस्क
२०७८ माघ ७, शुक्रबार २०:३०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका निर्वाचनका लागि सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार पहिलो पटक देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।्रधानमन्त्री देउवाले भनेका छन्, ‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।’

त्यस्तै सम्बोधनका क्रममा उनले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गरेका छन् ।प्रधानमन्त्री देउवाले विपदमा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर