जनकपुरधाम, भाद्र २५ गते। जनता समाजवादी पार्टी नेपाल का नेता प्रदेश सांसद रामअशिष यादवले समृद्ध समाज – समृद्ध संस्कृतिका लागि शिक्षामा सुधार गर्नु पर्ने आवश्यकता रहेको कुरा बताउनुभएको छ।
धनुषा निर्वाचन क्षेत्र नं शहिदनगर नगरपालिका को हठिपुर गाउँ मा आयोजित गणेश पूजा उत्सव को उदघाटन गर्ने क्रममा प्रदेश सांसद यादवले गाउँका प्रत्येक बालबालिकाहरू अनिवार्य रुपमा बिधालयमा पढ्नु पर्ने कुरामा जोड दिनुभयो।
प्रदेश सांसद यादवले समान अधिकार प्राप्तिका लागि पहिला शिक्षित बन्ने, संगठित बन्ने र संघर्ष गरे मात्र अधिकार प्राप्ति हुने सल्लाह दिनु भयो।
उहाँले छोरा छोरी दुवैलाई समानरुपमा शिक्षित बनाउनु पर्ने कुरामा जोड दिदै मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारले छोरीका लागि ५०% र दलित समाजका लागि १८% आरक्षण सरकारी सेवामा निश्चित गरेको जानकारी गराउनुभयो।
गणेश पूजा उत्सव का संयोजक चन्देश्वर दास को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष दिनेश प्रसाद यादव, नगर उपाध्यक्ष रामसुन्दर यादव, युवा नेता उपेन्द्र ठाकुर, युवा नेता उमेश निराला, महिला नेतृ सिता मंडल,आशा देवी दास, लक्ष्मी दास सहित का वक्ताहरुले संस्कृति र शिक्षा विकास सम्बन्धमा धारणा व्यक्त गरेका छन्।
सो कार्यक्रम मा नगर उपाध्यक्ष मनोज यादव, समाजवादी विधार्थी युनियन का प्रदेश उपाध्यक्ष विकास यादव, वार्ड समिति अध्यक्ष बिनोद कुमार मंडल, भूमि मंडल,अशेश्वर दास सहित स्थानीयबासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
हठिपुर गाउँ को दास टोलमा स्थानीय बासिन्दाहरूको सहयोग मा गत ४ वर्ष देखि गणेश चतुर्थी को गणेश पूजा उत्सव मनाइदै अाई रहेको कुरा स्थानीय युवा लक्ष्मी दास ले बताए का छन्।
प्रतिक्रिया दिनुहोस्