Advertisement

किसानको पीडा: मनोज महतो

न्युजडेस्क
२०७८ आश्विन १, शुक्रबार १८:२४

बर्दिवास / हाम्रो देश नेपाल कृषिमा सम्भावना नै सम्भावना बोकेको देश हो । हाम्रो देशमा नेपालमा समग्र अन्य देशहरुमा पाइने हावापानी पाइन्छ । त्यस्तो विशेषता रहेको छ ।

कुरा विशेषताको होइन कुरा सोचको हो । इजरायलमा ३% ले खेती गर्छन बाँकी ९७ प्रतिशतलाई समेत खान पु¥याई अन्य देशमा निर्यात गर्दछन् तर नेपालमा हामी ६५ प्रतिशतले खेती गर्दछौ, खान नपुगेर विदेशबाट अर्वाै अर्वको कृषि उत्पादन आयात गर्दछौ । यो लाजस्पद कुरा हो । हावापानी, माटो तथा भुगोललाई हेर्दा विश्वमा हुने कृषि उत्पादन नेपाल सिंगो एउटा देशमा हुन्छ । हाम्रो देश सोचाइमा गरिव छ । नेपाली सरकार लोभी पापी र भ्रष्टचारमा लिप्त हुदै अगाडी बढेको छ । राम्रो काम गर्नेको सम्मान छैन । इमान जमान नभई सम्पत्तिको मुल्यांकन हुने गर्दछ । नीति तथा योजनाकारहरु सर्वमान्य हुन सकेको छैनन् कहाँबाट आफुलाई फाइदा हुन्छ र कमिसन आउँछ त्यतै तिर योजना निर्माण गर्दछन । तल परेको स्वर विहिन समुदायलाई ध्यान दिइन्न त्यो वर्ग भनेको कृषि कर्मबाट जीविका चलाएको किसान हो । किसान अन्न दाता हुन जुन देशमा किसान वा अन्यदातालाई रुवाइन्छ, उनीहरुको मुहार हसिलो हुँदैन त्यो देश पछाडी पर्छ । हाम्रो देश पनि त्यसरी नै पछाडी परेको हो ।


नेपाली कृषि पछि पर्नुमा के कुरा बाधक भएको छ ?

नेपाली कृषि पछि पर्नुको कारण कृषि सम्वन्धी नीति नियम नेपाली किसानको अवस्था, क्षमता, नेपाली माटो तथा भूगोल सुहाउँदो नवन्नु । नेपाली कृषि र किसानको लागि बन्ने नीति तथा कार्यक्रममा नेपालीपन भन्दा पनि बिदेशी नक्कल झक्कलले प्राथमिकता पाउनु । किसानहरुलाई नीति निर्माणमा सहभागी नगराइनु । नीति निर्माण गर्दा किसानलाई थाहा हुन्छ की जसरी छलफल, अन्तरक्रिया नै नगरी नीति नियम निर्माण गरि पास गर्नु र पास भए पस्चात पनि नीतिमा उल्लेख भएका कुरा किसानहरुलाई जानकारी नै नगराउनु । धुले किसानका नाममा झोले किसानले अनुदान प्राप्त गर्नु । कागजमा योजना खल्तीमा बजेट हुनु । सेवा सुविधा र अनुदान वितरण राम्रालाई नभई हाम्रालाई भन्ने प्रवृति नै नेपाली कृषि पछि पर्नुका बाधक कारक हुन।

देशको मुख्यबालीको रूपमा रहेको धानबालीको महत्वपूर्ण समयमा युरिया मलको अभाव हुनु दुःखद हो । आज युरिया मलकै अभावमा किसानको पुरै श्रम र लगानी डूबने स्थितिको पैदाभएकोछ । नेपाल सरकारद्वारा हुने मल खादको बिक़्री वितरण एवं आपूर्तिमा देखिएको यस्तो लापरवाही र गैरज़िम्मेवार कार्यलाई सामान्य मान्न सकिदैन । प्रदेश सरकार ,केन्द्र सरकार ४साल बितदा पनि कुनै ठोस निर्णय र योजना अहिले सम्म ल्याको छैन,जब कि नेपाल कृषि प्रधान देश हो ।आखिर कहिले सम्म किसान येस्तो पिडा भोग्नु पर्छ अफैमा हास्यास्पद छ।अब भ्रम मा नपरौ किसान को आवाज प्राती पुरौ देश बासी उठौ ।

मनोज कु महतो
बर्दिबास महोत्तरी

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर