Advertisement

दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष यादव

न्युजडेस्क
२०७८ आश्विन ४, सोमबार १८:०५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

संसद भवन बाहिर आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो निस्कृय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने बनाउने भन्दै उनले सो अध्यादेश खारेज हुनुपर्ने बताएहा छन् ।

‘सरकारले अब चाँडै पूर्णता पाउँछ । सरकारले पूर्णता पाउन मन्त्रालयको बाँडफाँट हुनुपर्छ, त्यो अहिलेसम्म भएको छैन’ यादवले भने ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर