महोत्तरी:-विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न स्थानमा आरकेस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको मठिहानी नाकाबाट नेपाल प्रवेश गरेका ,प्रवेश गरेका २८ जना र कटकटैया नाकामा ९ जनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । नियन्त्रणामा रहेकाहरु अधिकांश महिला छन् । उनीहरु शुक्रबार दिउँसो आरकेस्ट्रा कार्यक्रम गर्न नेपाल पसेका थिए ।
यस्तै विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न भागमा प्रतिवन्धको अवज्ञा गरी आयोजन गरेको आरकेस्ट्रा तथा नाच प्रोग्राम बन्द गराइएको एसपी आचार्यले जानकारी दिए । यता, धनुषाको पनि विभिन्न स्थानमा महिला नर्तकी नचाउनको लागि सयौँको सँख्यामा महिलाहरु प्रवेश गराइएको छ । नेपाल भारतको सीमासँगै रहेको गाउँहरु सहित अन्य ठाउँहरुमा समेत ओरकेष्ट्राको लागि भारतीय युवतीहरु मगाउने गरिन्छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले महिला नतर्की ओरकेष्ट्रा र ९ बजेपछि डिजे बाजाहरु समेत बन्द गर्न निर्देशन गरेको छ । यद्यपी, विभिन्न ठाउँमा हुने ओरकेष्ट्राहरु प्रायः प्रहरीकै सँरक्षणमै हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्