जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको लास फेला परेको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर टोल बस्ने स्थानीय राजेन्द्र सिँहकी बुहारी (पुतौह) बर्ष २५ की अर्चना सिँह र उनको छोरा बर्ष ३ को कुश सिँहको लास फेला परेको हो ।
घर नजिकै रहेको पोखरीमा सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घटनास्थल पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक (ईन्सपेक्टर) सुरेश ठाकुरले जानकारी दिए।
स्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। न्यूज ब्यूरो
























