जनकपुरधाम असोज ४ गते / धनुषा कमला नगरपालिका वडा नम्बर ६ अध्यक्षको योजनामा एक युवकलाई कुटपिट गरि लुटपाट गरेको आरोप लागेको छ ।
नेपाली काङ्ग्रेस पार्टीमा लागेका वडा नम्बर ६ का अध्यक्ष समसुल मियाले आफ्नो दुई छोरा, अनवर अन्सारी र नजिरुल अन्सारीलाई अभद्र व्यवहार गर्न लगाएको त्यही वडाका पीडित इसराफिल अन्सारीले बताएका छन्।
गत असोज २ मा जनता समाजवादी पार्टीको एक कार्यक्रम भएपछि कार्यक्रम सुभारम्भ हुनु अगावै अध्यक्षका छोरा र उनले मगाएको भारतीय नागरिकलाई कुटपिट र लुटपाट गर्न लगाएको थियो । त्यतिबेला पीडित इसराफिल अन्सारी ती आक्रमणबाट घाइते हुन पुगेपछि उनका साथीले तुरुन्तै जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।
जनता समाजवादी पार्टीका वडा मिटिङ उक्त स्थान समयमा राखेको थियो। कार्यक्रम सुरु हुनु अगावै त्यहाँ अध्यक्षबाट पठाइएको ४ वटा मोटरसाइकल आई अध्यक्षका छोरा र उनले मगाएको भारतीय नागरिकलाई कुटपिट र लुटपाट गर्न लगाएको थियो । त्यतिबेला पीडित इसराफिल अन्सारी ती आक्रमणबाट घाइते हुन पुगेपछि उनका साथीले तुरुन्तै जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो।
जनता समाजवादी पार्टीका वडा मिटिङ उक्त स्थान समयमा राखेको थियो । कार्यक्रम सुरु हुनु अगावै त्यहाँ अध्यक्षबाट पठाइएको ४ वटा मोटरसाइकल आई काङ्ग्रेसको वार्डमा मिटिङ नगर्न उनीहरुले अभद्र व्यवहार गर्न सुरु गरे । पीडित इसराफिल माथि दुर्ववहार गर्दै धमाधम हातपात गरेको थियो र उनको मोबाइललाई तितरबितरका साथै २५ हजार गायब भएको थियो।
राइनले अस्पतालमा गएर स्थलगत रिपोर्टिङ गरेको छ । उनले पीडित अन्सारीलाई सुनाएर वडा अध्यक्षबाट कल गरेको थियो र अध्यक्ष मिया आफुले गलती गरेको स्विकारेका छन् । पीडित इसराफिलले क्षतिपूर्ति माग गर्दै इलाका प्रहरीमा उजुरी समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्