Advertisement

छोराको सर्टिफिकेट लिन गएका बुबाको अरिंगालले टोकेर मृत्यु

न्युजडेस्क
२०७८ आश्विन ९, शनिबार ०९:३८

दैलेख । दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एकको ज्यान गएको छ । ज्यान जानेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देबबहादुर शाही रहेको स्थानीय सूर्यबहादुर शाहीले बताएका छन् ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटोमा अरिंगालको गोलो देखेपछि बालबालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए ।

सोही क्रममा गम्भिर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा क्रिटिकल केयर आईसीयुमा राखेर उपचारकै क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर