जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि सीडीओ भट्टराईले शनिबार स्वाब दिएका थिए । आइतबार राति आएको रिपोर्टमा संक्रमण पुष्टि भएपनि आफूमा त्यस्तो कुनै लक्षण नरहेको भट्टराईले बताए ।
‘केही दिन यता जिउ दुःख्ने भएपछि परीक्षणका लागि स्वाब दिएको थिएँ,’ उनले भने, ‘तर अहिले ठीक छ । त्यस्तो कुनै लक्षण छैन् ।’
कोरोना पोजेटिभ देखिएपछि भट्टराई अहिले होम आइसोलेसनमा बसेका छन् । उनीमा कोरोना देखिएपनि कार्यालय भने सञ्चालन भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले आफूमा कोरोना संक्रमण देखिएपनि सेवा लिन आउने सेवाग्राहीका लागि कार्यालय सञ्चालनमै राखिएको बताए ।
प्रतिक्रिया दिनुहोस्