Advertisement
☰

ठगी गरेको आरोपमा दुईजना पक्राउ

न्युजडेस्क
२०७८ आश्विन ११, सोमबार ०६:४८

काठमाडौं। महानगरीय अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङमा जागिर लगाइदिने भन्‍दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय नगेन्द्र विश्‍वकर्मा र सुनवर्षी नगरपालिका-८ बस्‍ने ३७ वर्षीय प्रवेज आलम रहेका छन् ।उनीहरुले पीडित झापा कमल गाउँपालिका-६ घर भइ काठमाडौं बानेश्‍वर बस्‍ने आशिष काफ्लेलाई क्‍यानडामा फुड प्याकिङको लागि मासिक तलब २ लाख २५ हजारमा लाखमा जागिर लगाइदिने भन्‍दै आइएमइ र सिटी एक्सप्रेसमार्फत उक्त ३ लाख पठाउन लगाइ ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरु दुवैजनालाई ठगी सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान कारबाहीको लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर