Advertisement

जसपा नेपालका स्कुल तथा प्रशिक्षण बिभागको प्रमुखमा सुरेश मण्डल चयन

न्युजडेस्क
२०८१ पुष २२, सोमबार १५:४२

काठमाडौं, पुष २२ गते । जनता समाजवादी पार्टी नेपालको स्कुल तथा प्रशिक्षण बिभागको प्रमुखमा पार्टीको केन्द्रिय सचिव सुरेश मण्डललाई चयन गरेको छ। जसपा नेपालका स्कुल तथा प्रशिक्षण बिभागका बैठक पार्टीका केन्द्रीय सचिव सुरेश मण्डलको अध्यक्षतामा पार्टीका केन्द्रिय कार्यालय, बालकुमारीमा भएको बैठकबाट उहाँ चयन गरेको हो।
उक्त बिभागको बैठकबाट स्कुल तथा प्रशिक्षण बिभागका उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई सर्वसहमतीले चयन गरेको हो।
बैठकमा जसपा नेपालका केन्द्रिय महासचिव रामकुमार शर्मा, अन्तर्राष्ट्रिय बिभागका प्रमुख अर्जुन थापा, पिछडावर्ग (ओबिसी) महासंघ, नेपालका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतो, आर्थिक बिभागका सचिव सिपि सिंहज्यू लगायत अन्य अतिथिहरुको विशेष उपस्थितिमा सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर