जनकपुरधाम,असोज १६ गते । सांसद रामअशिष यादवले प्राचीन मानव सभ्यता नदी को किनारबाट शुरु भएको कुरा बताउनुभएको छ। प्रदेश सांसद यादवले ऐतिहासिक दुधमती नदी सफाई अभियानको १०० हप्ता को अवसरमा दुधमती नदी किनारमा आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो।
उहाँले सिन्धु घाटी सभ्यता, मिश्र सभ्यता, चिनको सभ्यता र् मेसोपोटामिया सभ्यताहरू नदी किनारमा बाट शुभारम्भ भएको चर्चा गर्दै मानव सभ्यताको उदगम स्थल नदी, पोखरी र जलासयहरुलाई संरक्षण गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभयो।
प्रदेश सांसद यादवले नदी संरक्षण का लागि नदी को दुवै किनारमा वृक्षा रोपन, अतिक्रमण मुक्त , शहरबजारको प्रदुषित पानीलाई प्रशोधित गरी नदी मा विसर्जन गर्ने र नदी को दुवै किनारमा सडक विस्तार का कार्य सरोकारवाला निकाय र राज्यले गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभयो।
कार्यक्रममा बोल्दै मित्र राष्ट्र भारतका पर्यावरण योध्दा डा धर्मेन्द्र कुमार ले पर्यावरण संरक्षण बिना मानव सभ्यता को परिकल्पना गर्न नसक्ने कुरा बताउनुभएको छ।
दुधमती नदी सफाई अभियन्ता सुदिप मंडल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका का प्रमुख योगि पंजियार, जनकपुरधाम उपमहानगरपालिका का उपप्रमुख रिता मिश्रा,वृक्ष मानव सुरेश शर्मा, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह,राष्ट्रिय सफाई अभियन्ता धिरेन्द्र साह, कमला नदी बचाउ अभियन्ता बिक्रम यादव,वन निर्देशनालय का निर्देशक जगरनाथ जयसवाल,विलट मंडल, लालबाबु मिश्रा सहित का वक्ता हरुले दुधमती नदी को संरक्षण विषयमा विचार गरेका छन्।
सो कार्यक्रममा प्रदेश सांसद यादवले दुधमती नदी सफाई अभियन्ता हरुलाई सम्मान गरेका छन्
प्रतिक्रिया दिनुहोस्