Advertisement

मुसहर समुदाय मधेशका धर्तीपुत्र हुन : युवा नेता जितेन्द्र यादव

न्युजडेस्क
२०७८ माघ १७, सोमबार २०:५४

जनकपुरधाम, माघ १७ गते । जनता समाजवादी पार्टीका युवा नेता जितेन्द्र यादवले मुसहर समुदाय मधेशका धर्तीपुत्र रहेका बताउनु भएको छ।

जनकपुर उपमहानगरपालिका वाडा न १ मुसहरी टोलमा आयोजित भुया महाराजको पुजा स्थलमा सम्बोधन गर्दै नेता यादवले समाजमा व्यापक विकृतीका कारण रहेको मुसहर समुदाय अगाडि बढन नसकेको बताउनु भयो।

मधेश सरकारले दलित समुदायको आरक्षणको व्यवस्था गरे पनि अशिक्षितका कारण सुबिधाबाट बन्चित मुसहर समुदायलाई शिक्षामा जोडदिन आग्रह गर्नु भयो।

उक्त कार्यक्रममा जसपा केन्द्रिय सदस्य चन्देश्वर सादा, प्रदेश सदस्य रामु महरा, जसपा युवा संघ धनुषा जिल्ला अध्यक्ष दिपु कापर लागाईतका व्यक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर