Advertisement

सिपमुलक शिक्षा बिना बेरोजगारीको समस्या सामाधान हुदैन :नेता महतो

न्युजडेस्क
२०७८ फाल्गुन १०, मंगलवार १७:०४

नेपाल एक स्रोतसाधनले भरिपुर्ण देश हो। प्रकृतिले बनजङ्गल, जलश्रोत, खोलानाला,तालतलैया, हिमाल,पहाड,खनिज पर्दाथ लगायत धेरै उपहारले सजाएको हाम्रो देश सुन्दर शान्त रास्ट्र हो। यी सबै श्रोतसाधन पर्याप्त हुदाहुदै पनि देशले सक्षम नेतृत्व नपाएको हुनाले गरिबी,भोकमरी,बेरोजगारी,अशिक्षित,सामाजिक बिकृतिले ग्रसित हाम्रो रास्ट्र दिनप्रतिदिन समृद्धिको बाटोमा अगाडि बढ्नुको साटो पछाडी धकेलिदै छन।

यी सबै समस्याको एक मात्रै सामाधान सिपमुलक शिक्षा हो। सिपमुलक शिक्षा बिना बेरोजगारीको समस्या सामाधान हुँदैन,जबसम्म बेरोजगारीको समस्या सामाधान हुदैन तबसम्म देशले कोल्टे फेर्न सक्दैन।

आज देशका पचास लाख भन्दा बढी युवाहरु बिदेश प्लायन हुन बाध्य भएका छन। बिना सीप हाम्रा युवाहरू कस्टकर काम गर्न खाडी मुलुक जानू परेको बाध्यत्मक अबस्थामा केही हदसम्म राहत प्रदान गर्नका लागि अहिले मधेश प्रदेश वाईसिएल नेपाल का इनचार्ज शंकर महतो लागिपरेका छन।

प्रत्येक वाडामा 40 जना युवाहरूलाई प्लम्बिङ्ग,हाउस वाइरिङ्ग,मेसम तालिम,सेक्युरिटी गार्ड लगायतका सिपमुलक तालिम लिएर टोलटोलमा पुगेर सीपमुलक शिक्षाको ज्योति बाड्दै छन।

वैदेशिक रोजगार बोर्ड्को सचिवालयको आर्थिक सहयोगमा वैदेशिक रोजगारलाई लक्षित गरि निर्मल लामा बहुप्रबिधिक शिक्षालय द्वारा संचालित पलम्बर,हाउस वाईरिङ ,सिक्युरिटी गार्ड,मेसन तालिम कार्यक्रम भङ्गहा नगरपालिका को वडा न ३,४,५ र ९ तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता निर्मल लामा बहुप्रबिधिक शिक्षालयको प्रमुख रमन मेहता ,प्रमुख अतिथी मधेस प्रदेश वाइसीएल इन्चार्ज तथा जनप्रीय युवा नेता शंकर महतो, स्थानीय नेता अशोक यादव ,बिधर्थि नेता मनोज महतो लगायत स्थानीय भरभलदमी,बुद्धिजीवी,पत्रकारको बिशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै शंकर महतोले भने-“देशमा बेरोजगारीको समस्या दिनप्रतिदिन बढ्दै गइरहेका छन। बेरोजगारीकै समस्याले हाम्रा देशका भबिस्यहरु बिदेशी भुमिमा बिना सीप प्लायन हुन बाध्य भएका छन। यहि समस्यालाई चिर्नका निम्ति सीपमुलक शिक्षा आज आबस्यक रहेका छन। वैदेशिक रोजगार बोर्ड्को सचिवालयको आर्थिक सहयोगमा वैदेशिक रोजगारलाई लक्षित गरि निर्मल लामा बहुप्रबिधिक शिक्षालय द्वारा संचालित सीपमुलक शिक्षाले हाम्रा युवाहरु आफ्नै देशमा रोजगार गरि बस्ने बिश्वास लिएको छु।”

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर