Advertisement

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

न्युजडेस्क
२०७७ कार्तिक ८, शनिबार ०९:३३

जनता समाजवादी  पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ । 

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू र यमीलाई संक्रमित भएको जानकारी दिएका हुन्।

‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ ।’

पछिल्ला दिनहरुमा भट्टराई दम्पत्ति पार्टीका कार्यक्रमहरुमा सहभागी भएका थिए । प्रदेश दुईमा पार्टीले कोरोना संक्रमणको मापदण्डविपरित सयौँको संख्यामा कार्यकर्ता भेला गरेको थियो । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर