Advertisement

जनकपुरमा जसपा द्वारा प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको संसद विघटन विरुद्ध प्रदर्शन

न्युजडेस्क
२०७७ पुष ५, आईतवार १९:०३

जनकपुरधाम, पुस ५ गते । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको संसद विघटन विरुद्ध जनकपुरमा समाजवादी विद्यार्थी युवासंघले प्रदर्शन गरेको छ । समाजवादी विद्यार्थी युवासंघ प्रदेश २ पार्टी कार्यालयबाट निस्केको संघको विरोध मोटरसाइकल र्याली जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओली विरुद्ध निकालेको र्याली जनकचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै समाजवादी विद्यार्थी युवासंघका नेता कार्यकर्ताहरुले जनादेशलाई लत्यउँदै संसद विघटन गर्ने नेकपाका अध्यक्ष ओलिलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गर्न माग गरेका छन् ।

कोणसभामा युवा संघका केन्द्रिय सदस्यलगायत प्रदेश र जिल्लास्तरिय लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर