Advertisement

प्रदेश सांसद यादवद्वारा बिधालय भवनको शिलान्यास

न्युजडेस्क
२०७८ माघ २९, शनिबार २०:४८

जनकपुरधाम माघ २९ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच शहिदनगर नगरपालिकाको श्री निम्न माध्यमिक विद्यालय हठिपुरमा विधालय भवनको शिलान्यास गर्नुभएको छ।
सो अवसरमा प्रदेश सांसद यादवले देश र मधेश प्रदेशको समग्र विकासका शिक्षा सुधार अभियान आवश्यक रहेको कुरा बताउनुभएको छ।
प्रदेश सांसद यादवले थालिएको शिक्षा सुधार अभियान अन्तर्गत हठिपुरको निम्न माध्यमिक विद्यालयमा पुर्वाधार विकास निर्माण कार्यलाई प्राथमिकता दिएर विधालय भवन निर्माण कार्य शुभारम्भ गरिएको छ।
सो कार्यक्रममा बोल्दै विधालयका प्राधानाध्यापक राजदेव ठाकुरले यस क्षेत्रको पुरानो विधालय हठिपुरमा चदराको छाना रहेको भवन पनि जिर्ण रहेको अवस्थामा प्रदेश सांसद रामअशिष यादवको सार्थक प्रयास र सहयोगबाट विधालय भवन निर्माण कार्य सराहनीय रहेको कुरा बताउनुभएको छ।
विधालय व्यवस्थापन समिति का अध्यक्ष हरि यादव को अध्यक्षता सम्पन्न कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव,विधालय दाता परिवार किशुन यादव, समाजसेवी मुनेश्वर मंडल, मधेश प्रदेश का पशु पन्छी तथा मत्स्य विकास निर्देशनालय का निर्देशक जागेश्वर यादव जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव, उपाध्यक्ष रामसुन्दर यादव लाई विधालय का प्राधानाध्यापक राजदेव ठाकुरले सम्मान गरेका छन्।
प्रदेश सांसद रामअशिष यादवको सार्थक प्रयास, परिकल्पना र मधेश सरकारको सहयोगबाट ३० लाख रुपैयाँको लागतमा पक्की बिधालय भवनको निर्माण हुने कुरा जसपा का युवा नेता उमेश निराला ले जानकारी दिए का छन्।

शिलान्यास कार्यक्रम पछि वातावरण संरक्षण को सन्देश दिदै विधालय को प्रांगणमा वृक्षरोपन पनि गरिएको कुरा शहिद नगर नगरपालिका जसपा नगर उपाध्यक्ष उपेन्द्र ठाकुरले बताएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर