Advertisement

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

न्युजडेस्क
२०७८ बैशाख १५, बुधबार १७:१०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो ।
यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो ।एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको कांग्रेसले जनाएको छ।केन्द्रीय सदस्यहरूमा कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन । नेताका सुरक्षामा खटिएका केहीलाई भने पोजेटिभ देखिएको छ।

पार्टीको १४औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा केन्द्रित रही आजको बैठक बस्न लागेको हो ।
यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर