महोत्तरी : प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमंत्री सरोज सिंह कुशवाहाले आफ्नो निर्वाचन क्षेत्रमा ७२ लाखको लागतमा धर्मशाला बनाएका छन् ।
राज्यमंत्री कुशवाहाले मनरासिस्वा नगरपालिकाका ६ सरपल्लोमा दुई सुविधा सम्पन्न धर्मशाला निर्माण गरेका हुन् । दुबै धर्मशालाको सोमबार एक समोरोहबीच पुर्व स्वास्थ्य राज्यमंत्री डा. सुरेन्द्र यादव र राज्यमंत्री कुशवाहाले संयुक्त रुपमि समुद्घाटन गरेका छन् ।
गाउमा धर्मशाला बनेपछि सरपल्लोका जनता खु:शीले गदगद भएका छन् । त्यहांका अन्य पार्टीका नेताहरु समेत राज्यमंत्री कुशवाहाको खुलेर प्रसंसा गरेका छन् । राज्यमंत्री कुशवाहाले आफ्नो क्षेत्रमा १९ वटा वडा रहेको र सबै वडामा समानुपातिक हिसाबले विकास गर्ने प्रतिबद्धता जनाए ।
उनले प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टीले गरेपनि संघीय सरकारको अबरोधका कारण सोचेजस्तो काम गर्न नसकिरहेको बताए । उनले प्रदेश सरकार विभिन्न बाधा अबरोधका बाबजुद जनतालाई महसुस हुनेगरी काम गरिरहेको दावी गरे ।
समारोहमा जनता समाजवादी पार्टीका नेता संजय चौधरीले राज्यमंत्री कुशवाहाले इमान्दारीता पुर्वक नमुना विकास गरेकाले धन्यवाद ज्ञापन गरे । उनले अगामी दिनमा समेत जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्