जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता नविन यादव रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषामा २ हजार धरौटी बुझाएर नेता यादव आज रिहा भएका हुन् । साउन १० गते राति जनकपुरको जेएफसी क्याफेबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो
युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । तर नेता यादवले कसैलाई दुर्व्यवहार नगरेको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्