• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिरहामा:- कागजमा काम सम्पन्न देखाएर एकमुष्ट रकम निकासा

२०७७ श्रावण २५, आईतवार १०:१७

जिल्लामा शिक्षा क्षेत्रमा अनियमितताका उजुरी चाङ लागेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षासँग सम्बन्धित क्षेत्रका उजुरीमाथी सुनबाई नहुँदा दण्डहीनता बढ्दै गएको पाइएको हो ।  

भौतिक संरचना निर्माण, छात्रवृत्ति, पाठ्यपुस्तक, नागरिक लगानी कोष, तलबभत्ता, शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति गठन, ठेक्कालगायतमा भ्रष्टाचार गरेका  उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताइएको छ ।

पूर्व तथा बहालवाला प्रधानाध्यापक र शिक्षकमाथि परेका विभिन्न प्रकारका उजुरीका आधारमा भ्रष्टाचारको अभियोगमा अख्तियारले छानबिन गरिरहेको छ ।  

सिरहा स्थित जनता नमूना माध्यमिक विद्यालय मौवाहीमा सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान रकममा अनियमितता भएको पाइएको छ ।

सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गतको यस विद्यालयमा गाउँपालिकाले कागजमा काम सम्पन्न देखाएर एकमुष्ट रकम निकासा गरेको छ । आर्थिक वर्षमा ०७६/०७७ मा २ करोड ४४ लाख रकम गाउँपालिकाले विद्यालयलाई निकासा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव झाकाअनुसार शिक्षा शाखा र प्राविधिक शाखाको सिफारिसको आधारमा आफूले लेखा शाखालाई भुक्तानी आदेश दिएको बताए । प्राविधिक शाखा प्रमुख राधेश्याम यादवले ८० प्रतिशत प्रगति भएपछि शतप्रतिशत निकासा गरिएको बताए । निकासा सिफारिस नगरेको भए रकम फ्रिज हुन्थ्यो’ उनले भने,‘काम पूरा नभएपछि रकम निकासाका लागि सिफरिस गरिदियौं ।’ नियमतः कार्य प्रगतीको आधारमा जती काम भएको हो त्यती बराबरको रकम मात्र निकासा दिनुपर्ने हो, उनले भने,‘शिक्षा शाखाबाट पनि सिफारिस आएपछि मैलेपनि पनि गरिदिएको हुँ ।’  

प्रमुख प्रशासकिय अधिकृत झाले भने,‘कार्य प्रगतिको आधारमा शिक्षा र प्राविधिक शाखाबाट भुतmानी सिफारिस आएपछि मैले भुक्तानी आदेश गरिदिने हो । के कति प्रगति भए नभएको हेर्ने अधिकारी शिक्षा र प्राविधिक शाखा प्रमुख नै हुन, उनले भने ।’

शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवले भने,‘भुक्तानी सिफारिस गर्न मलाई कसैलाई सोध्नुपर्छ ? मेरो अधिकार प्रयोग गरेर गरिदिए उनले भने,‘ शिक्षा विभागले भनेअनुसार नै भुक्तानी सिफारिस गरिदिएको हुँ । ‘कार्यप्रगति नभएपनि बाँकी धेरै कुरा हुन्छ’ उनले भने ।’

गाउँपालिकाले यस विद्यालयमा भएको अनियमितताको छानविन गरेर दोषी उपर कारबाही गर्नुपर्नेमा उल्टै काम नै नभएको योजनामा बजेट निकासा दिएर दण्डाहीनता निम्त्याएको विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य बालेश्वर यादवले बताए । प्रधानाध्यापक र गाउँपालिकाको सेटिङमा यस विद्यालयमा अनियमितता मौलाएको छ उनले भने,‘नियामक निकाय आँखा बन्द गरेर बसेका छन ।’ गाउँपालिकाको प्राविधिक शाखा प्रमुख रोधश्यामले यस विद्यालयमा नमूना विद्यालय अनुदान तर्फको डेढ करोडमा भौतिक निर्माणमा ९७ लाख रकम मात्र भएको बताए । तर प्रधानाध्यापक रामपृत यादवले १ करोड ५० लाख रकम पूरै भौतिक निर्माणमै खर्च भएको बताए । यस विद्यालयमा ९७ लाख रकममा ८ कोठे दुई तल्ले भवन निर्माण भैरहेको छ । जुन भवनको भुँइ तल्लाको मात्र संरचना खडा हुँदा सम्पूर्ण रकम निकासा भएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा गाउँपालिकाले विद्यालयलाई कम्प्युटर ल्याब भवन निर्माणका लागि १९ लाख ५० हजार रकम पनि प्रअले समितिको निर्णय बिना आफूखुसी अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामजी यादवले बताए ।

प्राविधिक शिक्षा पढ्ने ४८ जना विद्यार्थीहरुबाट प्रति विद्यार्थी ९ हजारको दरले असुल गरेको ४ लाख ३२ हजार रकम र सरकारबाट प्रति विद्यार्थी १५ हजारको दरले आएको ७ लाख २० हजार अनुदान रकम समेत प्रअले अनियमितता गरेको अख्यितरामा दर्ता गराएको उजुरीमा उल्लेख छ ।

नियमतः प्राविधिक विद्यार्थीबाट असुल्न नपाईने भएपनि आफूले प्रति विद्यार्थी ९ हजार रकम लिएको प्रअ यादवले स्वीकार गरेका छन् ।  

व्यवस्थापन समितिका जेष्ठ सदस्य बालेश्वर यादवसहितका सदस्यहरुले विद्यालयमा भएको अनियमितता छानबिन गरि दोषी उपर कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासमा उजुरी दर्ता गराएको छ । कतैबाट सुनवाई नभएपछि हामीले अख्तियार गुहारेका छौं यादवले भने,‘उजुरी दर्ता गराएको एक महिना भैसक्यो । तर सुनवाई भएको छैन ।’  

सिरहास्थित जनता नमूना बनवाली मावि नरहामा सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान रकममा अनियमितता भएको पाइएको छ । शिक्षाबाट निकासा गरिएको विज्ञान प्रयोगशाला भवन निर्माण तथा सामग्री खरिदलगायत शीर्षकको रकममा अनियमितता भएको छानबिनबाट खुलेको हो ।

अख्तियारको निर्देशनअनुसार तत्कालिन शिक्षा कार्यालयका विद्यालय निरीक्षक (विनि) भवानीप्रसाद कट्टेलले छानबिन गरी अख्तियारलाई पठाएको प्रतिवेदनमा शिक्षाबाट प्राप्त अनुदानमध्ये केही शीर्षकमा अनियमितता भएको उल्लेख छ । विनि कट्टेलले भने, ‘धेरै दिन भइसकेकाले बुँदागत रूपमा भन्न सक्दिनँ, छानबिन गर्दा अनियमितताचाहिँ भेटिएको छ । हामीले जे भेट्टायौं त्यही लेखेर अख्तियारलाई पठायौं ।’ आर्थिक वर्ष (आव) २०६८/६९ मा शिक्षाले सो विद्यालयलाई विज्ञान प्रयोगशाला भवन निर्माणका लागि ६ लाख ५० हजार रुपैयाँ निकासा गरेको थियो । तर भवन निर्माण भएन । शिक्षाले पटकपटक उक्त रकम फछ्र्योटका लागि ताकेता गर्दा प्रधानाध्यापक रामईश्वर यादवले २०७३ मंसिर दोस्रो साता च.नं ४८ को पत्रअनुसार प्राप्त रकममा विद्यालयको आठ लाख ७० हजार तीन रुपैयाँ ५० पैसा थपेर १५ लाख २० हजार पाँच सय तीन रुपैयाँ ५० पैसामा पहिलो तला भवन निर्माण गरेको प्रस्टीकरण दियो ।

तर, उक्त भवन पाण्डव यादव प्रधानाध्यापक हुँदा उच्च माध्यमिक शिक्षा परिषद्को ‘जोडकोष’को रकममा विद्यालयबाट थप रकम दिएर निर्माण भएको दाबीसहित नरहा गाउँपालिका–४ का धनञ्जय यादवले एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दर्ता गराएका थिए । तर अहिलेसम्म उजुरी उपर कुनै सुनवाई नभएपछि उजुरकर्ता निराश बनेका छन । प्रधानाध्यापक यादवले आफूले सरकारी अनुदान रकम अनियमितता नगरेको दाबी गरेका छन् ।

त्यस्तै पशुपति माविका निमित्त प्रधानाध्यापक परमेश्वर रायले पदबाट राजीनामा दिइसकेका छन् । यद्यपि उनी शिक्षक पदमा यथावत् छन् । उनी दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता प्रकरणमा मुछिएका छन् । विद्यालयको जग्गामा पक्की भवन निर्माणका लागि उपभोक्ताबाट संकलित रकम र सरकारबाट प्राप्त अनुदान भ्रष्टाचार गरेको विभिन्न समितिबाट भएको छानबिनबाट खुलेको छ ।

विद्यालयका तत्कालिन स्रोत व्यक्ति काशिन्द्रप्रसाद यादव र विद्यालय निरीक्षक भवानीप्रसाद कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार छानबिन गर्दा विद्यालयमा प्रधानाध्यापकबाट अनियमितता भएको पुष्टि भएको हो । उजुरीमा उल्लेख गरिएको अनियमितताका धरै बुँदामा निमित्त प्रअ परमेश्वर रायले लिखित जबाफ पेस गरेको भए पनि छानबिनबाट उनले अनियमितता गरेको प्रस्ट भएको छ ।

रायले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन बनाउन उपभोक्तासँग लिएको रकम आफैंले खर्च गरेको र छात्रवृत्ति तथा पाठ्यपुस्तकका लागि सरकारबाट आएको रकम पनि अनियमितता गरेको भन्दै चार वर्षअघि अख्तियारमा उजुरी परेको थियो ।

रायले भने आफूले तत्कालिन विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएर रकम खर्च गरेको जिकिर गर्दै आएका छन् । अख्तियारकै कर्मचारी समेत स्थलगत छानबिन गरेर गएका छन् । ‘तर अहिलेसम्म कारबाहीका नाममा सिन्को भाँचिएको छैन,’ एक शिक्षकले भने, ‘यति ठूलो रकमको अनियमितताको कारबाही नहुनुले शंका उब्जाएको छ ।

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech