जनकपुरधाम। जहानिया शासनको दलनको जातोले पिसिएको नेपाली समाजलाई मुक्त गर्न शुक्रराज शास्त्री लगाएत विद्यार्थीहरुले काठमाडौमा पहिलो लोकतान्त्रिक सभा गर्दा फाँसीमा झुन्डिनु पर्यो । जब शुक्रराज फाँसीमा झुन्डिरहेका थिए, राणाहरुले उनका बुबालाई बोलाएर छोराको लासलाई देखाए । शुक्रराजका बुबा स्याबास छोरो हुनु त यस्तो हुनु भनेर ढुक्कका साथ भने त्यही आशिर्वाद नै लोकतन्त्रको प्रादुर्भाव थियो । शुक्रराज सबैका सहिद भए, शुक्रराजका बुबा हामी सबैका बुबा भए । आजपनी विद्यार्थी आन्दोलन अगाडि बढाउने क्रममा हामी ती सम्पुर्ण सहिद प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ती महान सत्तरी बर्स लामो लोकतान्त्रिक आन्दोलनका सबै अग्रज प्रती सम्मान व्यक्त गर्ने पर्दछ जसको बलिदान योगदान त्यागबाट आज यो ठाउँमा उभिएर नयाँ सङ्क्ल्प गर्ने आट गरिरहेका छौ ।
राणा शासनको जन्जिर तोड्ने कसैको आट थिएन केही बानारास पढेर आएका ती विद्यार्थीले आट नगरेको भए नेपाली समाज अझै अन्धकारको सुरुङमा कहिले सम्म बस्नु पर्ने थियो होला, त्यसैले हाम्रो अगाडि इतिहास के साची छ भने लोकतान्त्रिक आन्दोलनको पहिलो ढोका विद्यार्थी आन्दोनले नै खोलेको हो । बल्लतल्ल ल्याएको लोकतन्त्र राजनीति दलले सुजबुझ पुर्णरुपमा सन्चालन गर्न नसक्दा १७ सालबाट फेरि पन्चायतको कालोरात्री हाम्रो आगाडी आयो पन्चायतका सामु धेरै झुके पाटीका नेता मन्त्री लगाएत विभिन्न प्रलोभनमा परे तर विद्यार्थी आन्दोलन झुकेन बरु पन्चायतका सामु सतिसाल भएर उभियो र निरङकुस सत्ता ढालिछाड्यो । फेरि आन्दोलनमा सम्झौता भयो राजतन्त्रले शिर उठायो राजनीति पाटी गणतन्त्रको नारा लगाउन डराएर बसेको बेला विद्यार्थी आन्दोलनले सडकमा गणतन्त्रको नारा लगायो सबै पाटीलाई गणतन्त्रमा ल्याइछाड्यो । यसरी इतिहास हेर्दा विद्यार्थी आन्दोलन राजनीति पाटीको भात्री सङ्गठन होइन दलका मात्री सङगठन हुन दिशानिर्देश गर्ने कम्पास हुन नागरिकका वास्तविक आवाज र सडकका प्रतिनिधि हुन भन्न डराउनु पर्दैन ।
तर त्यस्तो उच्च इतिहास बोकेको विद्यार्थी आन्दोलन आज किन दिशाबिहिन बनेको छ ? राणा,राजा फालेको विद्यार्थी आन्दोलनले किन विद्यालय देखि विश्वविद्यालय सम्म रहेको माफियातन्त्र किन फाल्न सकेन ? किन सचेत प्रयत्न गर्न सकिरहेको छैन ? राजाका विरुद्ध बोलेका विद्यार्थी आज आफ्नै नेता, दलले गरेको कमिसन भ्रष्टाचार र आफन्तवाद विरुद्ध बोल्ने किन आट गरेको छैन ? यो विषयको गम्भीर समीक्षा नगरी आगामी दिनमा अगाडि बड्न सकिन्न ।
वास्तवमा राजनीति भनेको जनताको सेवा गर्ने साधन हो । जनताको सेवा गर्न सजिलो छरितो गर्नेको निम्ति सङगठन हुने गर्छ । त्यसैले सङगठन पनि आजको युगको आवश्यकतालाई परिपुर्ति गर्न सक्ने हुन सकेन भने त्यो नै प्रतिगामी हुने गर्छ । त्यही नीर हाम्रो र अखिल नेवि संघ वीच अन्तर छ, अखिल म,नेवि संघ परिवर्तन सकियो झै गरेर सत्ताको वरिपरि रहने शिक्षाका माफिया संग साठगाठ गर्ने सके आफै कोचिङ सेन्टर देखि विश्व विद्यालय सम्मको ब्यापारी बन्ने छड्के दाउमा छन, भने हामी शिक्षाको मौलिक अधिकारलाई कार्यन्वयन गर्दै शिक्षामा समानता, निश्पक्षता र उत्कृष्टता हासिल गर्ने मुल बाटो आन्दोलन लाई केन्द्रीत गर्ने शिक्षा क्षेत्रमा फेरि एक नयाँ क्रान्तिको सङकल्प गरिराखेका छौ । तत्काल हेर्दा विद्यार्थी आन्दोलनको मुलधार अखिल, नेवि संघ देखिए पनि वास्तबिकता अखिल आज माफियाको रक्षा किल्लामा परिणत भएको र नेवि संघ लामो समय देखि अलमलमा परेकोले नयाँ शैक्षिक क्रन्तीको लागि युगिन आवश्यकता भएकोले समाजवादी विद्यार्थी युनियन गठन भएको हो । यो कसैको लहठ, उस्कावट , महत्त्वकाङ्क्षा एउटा सङगठन मात्रै नभै शिक्षामा नयाँ क्रान्तिको गरि नेपाली जनतालाई शैक्षिक माफियाको जातो मुक्त गराउने निश्चल उद्देश्य साथ निर्माण भएको हो र हामी सबैले त्यहिअनुरुप बुझ्न बुझाउन आजको आवश्यकता हो ।
परिबर्तनको विरोधि नेतृत्व देशमा हाबी भएर मधेस जनजाती थारु लगाएतका नागरिकलाई ठूलो दमन गरिरहेको झन्डै दुइतिहाइ सरकार भएको बेलामा सत्ताका विरुद्धमा बोल्नु, उठनु, सङगठित हुनु, हाम्रो लागि त्यति सजिलो विषय थिएन । जातिय, नश्लिय लाल पन्चायत शैलीको ओलि नेतृत्वको सत्ताका विभिन्न षड्यन्त्रलाई चिर्दै समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनका बिच एकता हुनु र त्यो एकताले पुर्णता नपाउदैन फेरि राष्ट्रिय जनता पाटी संग एकता प्रक्रिया अगाडि बड्नु आफैमा नेपाली विद्यार्थी आन्दोलनको एक महत्त्वपूर्ण उपलब्धि हो । यसले देशको राजनीति शक्ति काङ्ग्रेस कम्युनिस्ट मात्रै होइन अब बैकल्पिक शक्तिको रुपमा समाजवादी आउदैछ भन्ने कुरा आम विद्यार्थी सामु स्पष्ट पार्दछ । दलिय भागबन्डाका आक्रान्त बनेका विश्वविद्यालयहरुलाई दलिय भागबन्डा होइन बोड अफ ट्रस्टी निर्माण गरेर नियुक्ती गरिनु पर्छ भनेर देश भरी स्थापित गर्नसफल भएका छौं र शिक्षा मन्त्रालयको आयोगले नै हाम्रो एजेन्डा सिफारिस गर्ने कुराले हामीले उठाएको मुद्दा सहि रहेछ भन्ने कुराको एकचोटि फेरि पुष्टि गरेको छ । विद्यालय स्तरको शिक्षा समान सर्वसुलभ निशुल्क हुनुपर्छ र विश्वविद्यालयको नियुक्ती निस्पक्ष हुनुपर्छ , संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयमा रुपान्तरण गर्दै देशका भाषा सस्कृती पहिचान हाम्रो देशको समस्या होइन वास्तवमा अमुल्य सम्पती हुन । शिक्षामा निजीकरण, माफियाकरणको अन्त्य गर्दै आजको युग देशको आवश्यकता अनुसार दक्ष जनशक्ति निर्माण गर्ने शिक्षाको पक्षमा लड्ने एउटै सङगठन समाजवादी विद्यार्थी युनियन हो भन्ने वास्तविकतालाई बिस्तारै नागरिक स्तरसम्म पुर्याउने चुनौतीपूर्ण काम पुस्टि गर्नमा एकहद सम्म सफल भएका छौ । राजनैतिक वैचारिक रुपमा बजार केन्द्रीत लोकतन्त्र र राज्यकेन्द्र समाजवादी मोडल होइन समानुपातिक सहभागिता मुलक लोकतन्त्र नै आजको बिकल्प हो भनेर जनतामा भिन्न धार स्थापित गर्न सफल भएको कुरा आज काङ्ग्रेसको महाधिबेशनमा समेत यो बहसले स्थान पाएको कुराले पुष्टि गर्दछ, त्यसैले आकार र शक्तिका हिसावले अरु ठुला होलान बैचारिक र शैक्षिक एजेन्डाको हिसाबले हामी ठिक ठाउँमा छौ र हात्तीलाई एक माउतेले जसरी आफ्नो काबुमा राख्छ त्यसरी आगामी दिनमा हामिले पनि त्यसरी नै अन्य विद्यार्थी सङगठन लाई डोराएर शिक्षामा माफियातन्त्रको अन्त्य गर्दै बैज्ञानिक शिक्षा प्रणाली स्थापना गर्नु पर्दछ ।
कहाँ चुक्यौ त हामी
प्रतिगामी सत्ता र कोरोनाको ठूलो करह बिचमा हामिले केहि उपलब्धि हासिल गर्दा पनि केही कमजोरी भने निश्चित नै रहे , भिन्न भिन्न आन्दोलनबाट आएका सबैभन्दा पहिले बुझाइमा एकरुपता ल्याउन हामिलाइ निकै चुनौती नै रह्ह्यो त्यही बुझाइमा एकरुपता ढिला हुदा विश्वविद्यालयको भागबन्डा विरुद्धको आन्दोलनको ठूलो भित्री बाहिरी जनमत हुदा हुँदै पनि हामिले त्यसलाई निर्णायक आन्दोलन गरेर सत्ता लाई धक्का दिन सकेनौ । दशै अगाडि आमरण अनसन देखि आमहडताल सम्म सन्जाल, सडक देखि सडक सम्मका मोर्चालाई सहि तालमेल गर्न सकेको भए हामिले राज्यलाई ठूलो धक्का दिन्सक्थ्यौ एजेन्डा सहि र स्थापित हुँदा हुँदै पनि हामिले निर्णायक आन्दोलन उठाउन नसक्नु हाम्रो कमजोरी नै रह्यो । संविधानमा बहुभाषिक शिक्षा नीति बारे लेखिसक्दा पनि विद्यालय स्तरमा मात्री भाषाको शिक्षा र विश्वबिद्यालय स्तरमा बहुभाषिक विश्वविद्यालय निर्माण गर्न राज्यलाइ उचित दबाब दिन नसक्नु हाम्रो अर्को कमजोरी रह्यो । बास्तबमा समाजवादको आधार नै समान, निशुल्क र गुणस्तरीय शिक्षा हो भन्ने कुरा सबै सङगठनलाई बुझाएर विद्यार्थी संगठनहरुलाई सयुक्त रुपमा आन्दोलनमा लिएर शैक्षिक माफिया विरुद्ध आन्दोलन गर्न सक्नु पर्थ्यो । झन् त्यसलाई विगतमा भएको प्रतिपक्ष बिद्यार्थी आन्दोलन समेत अत्यन्त कजोर भएर जानू हामिले सहि ढङ्गले नेतृत्व गर्न सकेनै भन्ने हो । आन्दोलन अगाडि लैजानु भन्दा पहिला आफ्नो आन्तरिक जीवन स्वच्छ हुनु जरुरी हुन्छ । हामिले केन्द्रीय समितीको एकता त गर्यौ तर प्रदेश देखि क्याम्पस सम्म सबै तिर एकबर्ष सम्म पनि गर्न सकेनौ सुरुवात देखि नै एकता प्रक्रियामा विधिगत हल भन्दा पनि ब्यक्तिगत हल गर्न खोज्दा धेरै प्रदेश जिल्ला र क्याम्पसहरुको एकता हुन सकेन एकता प्रक्रियाको लागि बनाएको मुल कार्यदलको एकचोटि पनि बैठक बस्न नसक्नु र पुरानै सङगठनमा झै आफ्नो स्थान आगामी नेतृत्वको अनावश्यक चिन्ता गुटगत मानसिकता मुल नेतृत्वमा रहेकै साथीहरुमा रहेको समस्याले नै यो समस्या आजपनी रहेको छ, तर यो हलहुन नसक्ने स्थिमा भने पुगेको छैन तर सामान्य घाउको बेलैमा उपचार भएन भने पछि क्यान्सर बन्छ भन्ने कुरामा बेलैमा हामी सबै पङ्ती सचेत हुन जरुरी छ ।
आगामी दिशा
इतिहासको नयाँ शैक्षिक क्रान्तिलाई पूरा गर्ने कार्यभार पूरा गर्ने हामी तमाम समस्याका बिचमा पनि अगाडि बड्नै गर्छ । त्यसको लागि शिक्षामा समनता, निस्पक्षता, युग र देश अनुसारको आधुनिक वैज्ञानिक शिक्षा राजनीतिकमा सहभागिता मुलक लोकतन्त्रमा आधारित समुन्नत समाजबाट मान्ने शक्तिहरुको बिच छिटो एकता गरि वैकल्पिक राजनीति गर्ने मूलशक्तिको विकास गर्नु पर्दछ । दोस्रो, शिक्षा क्षेत्रमा परिवर्तन चाहाने विभिन्न राजनीति संङगठन, स्वतन्त्र व्यक्ति शिक्षाविदहरुको सयुक्त मोर्चा निर्माण गर्दै प्रतिपक्ष आन्दोलन विकास गर्दै वैधानिक, अबैधानिक अथवा आमरण अनशन देखि आमहडताल सम्म संजाल, सडक, सदन, सम्मको मोर्चालाइ तालमेल मिलाएर निर्णायक आन्दोलन निर्माण गर्नु पर्छ । शिक्षा क्षेत्रको पाठ्यक्रम, परीक्षा प्रणाली, अध्ययन विधि, भौतिक पुर्वाधार निर्माणमैत्री भाषाको शिक्षा प्रबिधि युक्त यस्ता धेरै खाले पुनर्संरचनाको आवश्यक छ । ती समस्या समाधान गर्ने राजनीति नेतृत्व सहि भए मात्रै अगाडि बढाउन सकिन्छ । त्यसैले पहिले त विश्वमा कहि नभएको प्रधानमन्त्री कुलपति रहने प्रणालीको अन्त्य गर्दै विश्वविद्यालयको स्वतन्त्रता निष्पक्ष आयोगबाट सबै पदको नियुक्ति हुन जरुरी छ । विश्वबिद्यालयको नेतृत्व सहि हुदा मात्रै अन्य विषयको सहि समाधान निस्कन सक्छ, विद्यालय स्तरमा निर्णायक आन्दोलनबाट निजीकरणको अन्त्य गर्दै राज्यले जिम्मा लिएर गुणस्तरीय, समान र निशुल्क शिक्षा दिने वातावरण निर्माण गर्नु पर्छ त्यसको लागि हामी सबै व्यक्तिगत स्वार्थबाट माथी उठेर नयाँ शैक्षिक क्रान्ति सङ्कल्प जरुरी छ । आज यो निर्णायक आन्दोलन गर्नेको लागि पहिलो भिजन भएको दोस्रो गतिशीलता दिनसक्ने नथाक्ने र साहासिक नेतृत्वको विद्यार्थी आन्दोलनमा खाचो छ । यो हाम्रो पालामा पूरा गरेर विद्यार्थी आन्दोलनलाई फेरि नयाँ उचाइ प्रधान गर्नु जरुरी छ, आवश्यक परे फेरि अरुको ज्यान लिने क्रान्तिकारी होइन शुक्रराज शास्त्री जस्तो परिवर्तनको लागि आफ्नो ज्यान दिने क्रान्तिकारी बन्न जरुरी छ ।हामीलाई विश्वास छ शुक्रराजको बुबाले छोरो फासिमा चड्दा स्याबस छोरो हुनु त यस्तो भनेझै जनता समाजबादी पाटी शुक्रराजको बुबा जस्तो हाम्रो एक कुशल अभिभावक आवस्यक बन्ने छ । साथै यो शैक्षिक क्रान्ति गर्ने सके मात्रै पनि हामी पाटीको भातृ सङ्गठन मात्रै होइन आम नेपाली नागरिकको मातृ आमा (सङ्गठन) बन्ने छौ ।
सुनिल मंडल समाजवादी विद्यार्थी युनियनका धनुषा जिल्ला अध्यक्ष हुन ।
प्रतिक्रिया दिनुहोस्