मोरङ्गको विराटनगर स्थित विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा उनको निधन भएको हो । महादेवा गाउँपालिका–३ बथनाहा स्थायी घर भएका ८६ वर्षिय यादव काठमाडौंमा बसोबास गर्दै आएका थिए । एक महिनाअघि सप्तरी आएका उनी ३/४ दिनअघि अचानक बेहोश भएका थिए ।
उपचारका लागि उनलाई तत्कालै विराटनगर लगिएको थियो । केही वर्षअघि उनको मुटुको बाइपास सर्जरी गरिएको थियो । सोहि कारण उनालई हृदयघात भएको हुन सक्ने उनका परिवारले जनाएको छ ।
पूर्वमन्त्री डा.डम्बरनारायण यादव ज्युको ८५ बर्षको उमेरमा आज बिहान ५ निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
सप्तरीस्थित आफ्नो निवासमा केही दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि उहाँलाई विराटनगर लगिएको थियो । मस्तिष्क पक्षघातका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले बताइएको छ ।
पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका उहाँ प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । उहाँ मधेशी नागरिक समाजका अध्यक्ष पनि थिए । उहाँको दाहसंस्कार आजै गृह जिल्ला सप्तरीमा हुनेछ ।
एक छोरा र एक छोरीका पिता रहेका उनको आइतबार साँझ दाहसंस्कार गरिने छ। उनकी श्रीमतीको एक वर्षअघि नै निधन भएको जनाईएको छ।
यादव २०३६ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए भने २०४० साल असारमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री बनेका थिए । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा लागेका यादव सामाजिक कार्यमा पनि संलग्न थिए ।
प्रतिक्रिया दिनुहोस्