कार्तिक-४,मंगलबार
काठमाडौं-
नेपाल कम्युनिस्ट पार्टी नेकपाको बरिस्ठ नेता,पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकार ले जारी गरेको कोभिड बिरामीको उपचार जनतालेले व्यहोर्नुपर्ने निर्देशिका अनुत्तरदायी निर्णय भएकोले अविलम्ब फिर्ता लिन सरकार संग जोडदार माग गर्नु भएको छ।
बिज्ञप्तीमा भनिएको छ-मुलुक कोभिड-१९ को महामारीबाट अक्रान्त भैइरहेको छन र बिरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुरा प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।सरकारको उक्त निर्णयका अधारमा सरकारी अस्पतालहरुले निशुल्क उपचार बन्द गरेक कारण संक्रमित नागरिकहरु थप मारमा परेको छ।
संकटका बेला राज्य सबै नागरिकका अभिभावकका रुपमा साथ रह्नुपर्ने बेलामा भएको यस्तो निर्णय बिल्कुल अनुचित छ। यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार बिमुख हुन मिल्दैन ।त्यसमा पनि गरिबी ,अभाव र बेरोजगारीले पिल्सिएका,बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनू गम्भीर बिषय हो।
त्यसैगरि नेता नेपालले थप्दै भन्नुभएको छ-संक्रामक रोग सम्बन्धि हाम्रा बिधमान कानुनी प्रावधानले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन भने कुरालाइ ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सृजना हुनेगरी गरिएको उक्त विभेदकारी,गैरजिम्मेवार र जनता प्रती अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसंग जोडदार माग गर्छु भन्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्