वीरगञ्ज ६ कत्तिक । कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि भारत सरकारले बन्द गरेको नेपाल-भारत सिमानाकाहरु खोलेको छ ।
विगत १० महिनादेखि कोरोना महामारीका कारण बन्द रहेको नेपाल-इण्डो बोर्डर भारत सरकारले बिहिबार एउटा औपचारी घोषणा गर्दै खुल्ला गरेको हो ।
भारतको इमिज्रेसन डिपार्टमेन्ट अनुसार बिहिबारदेखि भारत सरकारले नेपाल-भारत नाका आधिकारिक रुपमा खुल्ला गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दशैँ, दीपावली, सोहोरहिया र छठ पर्वलाई मध्य नजर गर्दै भारत सरकारले सिमानाकालाई खोल्दै आवागमन खुकुलो पारेको सञ्चारमाध्यमहरुको दावी छ ।
सिमानाका खुलेसँगै नेपालबाट मान्छेहरु भारत प्रवेश गर्न थालेका छन् । नेपाल सरकारले अहिलेपनि नाका बन्द राखेको कारण उताबाट मान्छे भने नेपाल आउन सकेका छैनन् । वीरगञ्जसँग जोडिएको भारतीय शहर रक्सौलमा नेपालबाट मान्छे प्रवेश गर्न थालेका छन् ।
नेपाल प्रहरीले नेपाल तर्फ जाने सवारीसाधनलाई रोक लगाएपनि पैदल यात्री निर्वाध रुपमा ओहोरदोहोर गर्दै छन् । महामारीलाई नियन्त्रण गर्न दुवै देशका सरकारले सिमानाका बन्द गरेका थिए ।
तर पर्साका प्रमुख अधिकारी अस्मान तमाङले नेपालकाे तर्फबाट कत्तिक २९ गते सम्म सिमा सिल रहने जानकारी दिए । उनले नेपाल सरकारकाे तर्फबाट आर्काे निर्देशन नआएसम्म सिमानाका नखुल्ने ।
प्रतिक्रिया दिनुहोस्