जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ ।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू र यमीलाई संक्रमित भएको जानकारी दिएका हुन्।
‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ ।’
पछिल्ला दिनहरुमा भट्टराई दम्पत्ति पार्टीका कार्यक्रमहरुमा सहभागी भएका थिए । प्रदेश दुईमा पार्टीले कोरोना संक्रमणको मापदण्डविपरित सयौँको संख्यामा कार्यकर्ता भेला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्