कार्तिक १०, २०७७
जनकपुरधाम : विजया दशमीको सुखद अवसरमा प्रदेश २ को आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीमा एउटा समुदायिक भवनको शिलान्यसा गरिएको छ ।
महोत्तरीको मनरा शिश्वा नगरपालिका वडा नं. २ भोल्हीमा राज्यमन्त्री कुशवाहाको संसदीय कोषबाट पहिल समुदायिक भवन बन्न लागेको हो । सोही वडाका वडा अध्यक्ष विनोद सिंहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राज्यमत्री कुशवाहाले आफूले पाएको जानकारी अनुसार यो पहिलो समुदायिक भवनको शिलान्यास भएको बताएका छन् । उहाँले समयमा यो समुदायिक भवन निर्माण हुने उनले विश्वास समेत दिलाएका छन् ।
करीब डेढ कटठा जग्गामा सो समुदायिक भवन निर्माण हुने भएको छ । समुदायिक भवनको शिलान्यासँगै स्थानीयहरु निक्कै हर्षित भएको थियो ।
शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष गंगदेव यादव, जयबाबा सेवा समितिका अध्यक्ष रामअशिष ठाकुर सहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्