बारा १० कात्तिक । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले नेपालीहरुको महान चाड वडादशैं, दिपावली एवं छठ पर्व कोरोना महामारीबाट सुरक्षित रहि भव्य र सभ्य ढंगले मनाउन आग्रह गर्नु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल वड़ा इकाई समिति प्रसौनी–३ नौतन बाराले प्रसौनी गाउँपालिका वडा नं. ३ नौतन गण्डक चौकमा रहेको मधेश सेवा आश्रममा आयोजित दशै, दिपावली, छठ पर्वको उपलक्ष्यमा चियापान तथा शुभकामना अदान प्रदान कार्यक्रममा प्रमुख अतिथि मन्त्री सोनलले शुभकामना मन्तव्य दिदै सबैको सहकार्य र एकताले मात्र मधेशको उत्थान तथा विकास हुन सक्ने कुरामा जोड दिनु भयो ।
शुभकामना मन्त्वयकै क्रममा मन्त्री सोनलले प्रदेश(२ को विकासकालागि आफूले व्यक्तिगत र मन्त्रीस्तरीय रुपमा आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसैगरी बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एकवाल मियाँले मधेशको चौतर्फी विकासकालागि पार्टी मजबुत हुनुका साथै सम्पूर्ण मधेशी समुदाय एक हुनुपर्नेमा जोड दिनु भयो । प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले गाँपालिकाको विकासमा प्रदेश सरकार तथा संघीय सरकारको अझ तदारुकता देखाए गाउँपालिकालाई प्रदेशकै नमूना गाउँपालिकाको रुपमा स्थापित गर्न आफूहरु लागि परेको कुरामा जोड दिनु भयो ।
जनता समाजवादी पार्टी नेपाल वडा इकाइ समिति प्रसौनी–३ का इकाइ समिति अध्यक्ष लक्ष्मी नारायण राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष गीता देवी शाह, अधिवक्ता रामचन्द्र सिंह, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, वडा नं. ३ का वडाध्यक्ष वैजनाथ गुप्ता, वडा नं. २ का अध्यक्ष सुरेश प्रसाद गुप्ता, वडानं. ४ का अध्यक्ष आनन्द प्रसाद गुप्ता, ५ का वडा अध्यक्ष सनै साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा आयोजक कमिटीले कार्यक्रममा सहभागीहरुलाई टिका र जमरा लगाई शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको संचालन शिक्षक राजकिशोर साहले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्