प्रदेश नं २, सरकारका तर्फबाट १२ गते राति बारा जिल्ला सुवर्ण गाउपालिका कवहिगोठमा प्रहरीको गोलि लगेर गम्भिर घाइते भएका रन्जन कुमार यादवका बारे तथा घटनाबारे स्थलगत छानबिन र स्थानियबाट बुझ्न घर पुगे राज्य मन्त्री कुशवाहा।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री मा. सरोज सिंह कुशवाहा र आर्थिक मामिला तथा योजना राज्यमन्त्री मा. उषा यादव ज्युका साथ त्यहि बारा जिल्ला प्रदेश सभा क्षेत्र २ (ख) का प्रदेश सभा सदस्य मा. बच्चा राउत अहिर घर पुगेका छन।
उक्त सहभागी सुवर्ण गाउपालिकाका गाउपालिका अध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष बबिता यादव, जसपा नेता धर्मबिर यादव, रामनारायण, जीतेन्द्र यादव,समाजवादी युवा संघ प्रदेश मुख्य सचिव मनिष यादव, प्रदेश सदस्य रमेश यादव, उपेन्द्र यादव, जिल्ला युवा अध्यक्ष सुजित पाण्डेय, जिल्ला युवा सदस्य जीतेन्द्र कर्ण, महागढीमाई नगर युवा अध्यक्ष जलन्धर यादव, सुवर्ण नगर युवा अध्यक्ष कन्हैया यादव लगायतका युवा साथीहरूको उपस्थितिमा घटना स्थल अनुगमन तथा स्थानियको घटनाबारे कुरा बुझियो र सत्यतथ्य जनताबाटै बुझियो।
प्रतिक्रिया दिनुहोस्