रन्जन माथीको गोलि प्रहार विरुद्ध जनकपुरमा समाजवादी युवा तथा विद्यार्थी द्वारा बिरोध प्रदर्सन गरेका छन ।
भारतीय दक्षिणी नाकाको छेउछाउमा बस्ने आम नेपालीहरु सिमापारीको बजारबाट दिनहुँ घरपरिवारको निमित्त खाद्य बस्तु र आवश्यक दैनिक उपभोग समान सन्तुष्ट दरमा पाउने भएकाले ल्याउने गर्छन यसै उदेश्यका साथ गत कार्तिक १२ गते बारा जिल्लाको स्वर्ण गाउँपालिका स्थित प्रहरी चौकीको प्रहरीको ज्यादती र दमनले गर्दा १० किलोग्राम प्याज साइकलमा लादेर आउदै गरेको १२ बर्षिय रन्जन कुमार यादवमाथी गोलि प्रहार गरेर गम्भीर घाइते बनाएको घटनाको बिरोधमा समाजवादी युवा तथा विद्यार्थी युनियन धनुषा द्वारा जसपा युवा नेता दिपु कापरको अध्यक्षता जनकपुरमा बिरोध प्रदर्सनमा उतरिएको छ।
जनकपुरको जनक चौक को प्राङ्गणबाट तत्कालीन जनता समाजवादी पार्टीको विद्यार्थी संगठन परिवर्तित समाजवादी युवा तथा विद्यार्थी युनियनको अगुवाईमा निकालेको बिरोध र्याली जनक चौकमा गएर कोण सभामा परिणत भएको जानकारी गरिएको छ।
करिब ५०/१०० जनाको उपस्तिथिमा सप्पन्न भएको कार्यक्रमको संचालन चाहिँ समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष शत्रुधन यादवले गरेको थियो भने कार्यक्रममा समाजवादी युवाको अध्यक्ष दिपु कापर त्यसैगरि प्रशान्त झा, सन्तोष यादव, लगायतका युवा नेताहरुले वक्ताको रुपमा बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्