नेकपाका नेता मातृका प्रसाद यादवले पार्टीभित्र विधि र विधानलाई नेताहरुले फलो नगरेकाले पार्टी भद्रगोल भएकाे बताएका छन् । उनले पार्टी एकता गर्दा नै अस्पष्ट विचारले गरिएकाेले हाल यस्ताे अवस्था सिर्जना भएकाे बताए ।
उनले सरकारी नेकपामा सबैलाई सांसद र मन्त्री सबै पुगेको बेला पार्टी तत्काल नफुट्ने समेत बताए । उनले भने, ‘यस्तो मोजमस्ती छ हामीलाई, क्रान्ति गर्नुछ र हामीलाई ? म चाहिँ अब क्रान्तिकारी गर्नु छैन ।’
उनले आफूहरुले गरेको जनयुद्धले केही उपलब्धि भएन भन्नु गलत हुने बताए । उनले भने, ‘जनयुद्धकै बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । धेरै उपलब्धि भएका छन् । समानुपातिक प्रतिनिधित्व भएको छ । केही भएन भन्न मिल्दैन । जुन प्रकारले अघि बढ्नुपर्ने थियो । त्यसरी अघि बढेको छैन ।’
तपाईहरुको पार्टी किन एक ढिक्का भएर अघि बढ्न सकेन ? भनेर सोधिएकाे प्रश्नमा यादवले भने, ‘सुरुमा पार्टी एकता गर्ने बेलामा पनि प्रचण्डसँग भनेको थिएँ कि यो ठिक भएको छैन । विचारमा स्पष्ट नभईकन एकता गर्नुहुँदै थियो भनेर मैले भनेको थिएँ । एकता बचाउनको लागि हामी जे–जे गर्नुपर्ने हो, त्यो गरिराखेका छौं । हामी एकताविरोधी होइन । सही र गलतको बीचमा बहस चलाउने हो ।’
प्रतिक्रिया दिनुहोस्