महाेत्तरीकाे अाैरही नगरपालिका औरहीमा जनता समाजवादी पार्टी नेपालद्वारा मसाल जुलुस गरेको छ । बिहीबार साझ औरही नगरपालिका वडा नं. १ मा पर्ने औरही बजारमा विभिन्न नाराका साथ जनता समाजवादी पार्टी नेपालले मसाल जुलुस प्रदर्शन गरेको हाे ।
मिति २०७७/०७/१० गते विजयादशमीकाे दिन राति ११ बजे केही अपराधी प्रवृत्तिका व्यक्तिहरुद्वारा सामुहिक रुपमा मटिहानीका मेयर, जिल्ला समन्वय समितिका सदस्य र एवं वडा अध्यक्षहरु माथि संघातिक आक्रमण भएको उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्नुकाे साटाे स्थानीय प्रशासनद्वारा उल्टै हरि प्रसाद मण्डल लगायत जि.स.स. सदस्य, वडा अध्यक्ष, सदस्यहरु माथि झुठा मुदा दायर गरिएको घटनाको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको जनता समाजवादी पार्टीका नेता एवम् जुलुसका नेतृत्वकर्ता दरेश यादवले जनाएका छन् ।

उक्त जुलुसमा भ्रष्ट सरकार मुर्दाबाद, जनविरोधी सरकार मुर्दाबाद, ओलि सरकार चाहिदैन, विभेदकारी सरकार मुर्दाबाद, झुठा मुदा फिर्ता गर लगायतका नाराका साथ मसाल जुलुस औरही बजारलाई परिक्रमा गरि काेनसभा गरेर समापन गरेका थिए । जसपाका नेता राजनरायन यादवले भने हामीहरुकाे याे पहिलो चरणको अानदाेलन हाे । यसबाट सरकारले सुनेन भने हामीले चरणबद्ध अानदाेलन गर्न बाध्य हुन्छौं र प्रहरी प्रशासनले दमन बन्द गर्नुपर्याे ।
याे घटनालाई सत्यतथ्य छानबिन गरि दाेषीलाई कार्वाहीकाे माग गरेको थियो । जुलुसमा जसपा नेपालका नगर संयाेजक: शंकर यादव, जसपा नेपालका कार्यकर्ताहरु लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्