• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रचण्डलाई ‘फकाउने’ प्रयास जारी

२०७७ मंसिर ३, बुधबार ०९:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते प्रचण्डलाई लेखेको १० पन्ने पत्रको अन्त्यमा भनेका थिए, ‘कमरेड प्रचण्डले मलाई बेलाबेलामा भन्ने गर्नुहुन्छ- मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि ! कसरी र के भन्दा कमरेड फकिनुहुन्छ ? भन्नुस् न त !’

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउन तयार रहेको बताउँदै पत्रको बिट मारेका थिए, ‘मुलुकको समृद्धिका लागि, जनताको खुसहालीका लागि, नेपाली कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि पार्टीलाई थप सुदृढ गर्नका लागि … हुन्छ । म तपाईंलाई फकाउन तयार छु । ल मैले फेरि फकाएँ… आउनुस् गुटबन्दी र दाउपेच छाडौं, हाम्रो यो प्यारो पार्टीलाई एकजुट बनाऔँ ।’

आफूलाई फकाउन तयार रहेको प्रधानमन्त्री ओलीको पत्रको जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते लेखेको ७ पन्ने जवाफी पत्रमा यसो भनिएको थियो, ‘नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ । त्यति भएमा तपाईको पत्रको अन्तिममा भनेझैं न सजिलै फकिने छु ।’

केपी शर्मा ओली र प्रचण्डवीच बाहिर जतिसुकै भनाभन भए पनि शुक्रबारको बैठकयता ‘फकिने’ र ‘फकाउने’ सिलसिला भित्रभित्रै चलिरहेको छ । नेताहरुका अनुसार मंगलबार बिहान खुमलटारमा भएको महासचिव विष्णु पौडेल र प्रचण्डवीचको भेट अनि साँझ शीतल निवासमा भएको राष्ट्रपति र प्रचण्डवीचको भेटवार्ता त्यही फकाउने/फकिने सिलसिलाको कडी हो ।

शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अप्रत्याशित रुपमा केपी ओलीमाथि प्रहार गर्दै राजनीतिक प्रस्ताव र व्यक्तिगत पत्र दर्ज गराएपछि प्रधानमन्त्री ओली आक्रोशित र अचम्मित बनेका थिए । यही आक्रोशका वीच प्रधानमन्त्रीले बैठक सकिनासाथ माधव कुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेललगायतका नेताहरुसँग छुटट्ै छलफल गरे । र, अब प्रचण्डसँग सँगै हिँड्न नसकिने स्थितिको आँकलन गरे । तर, माधव नेपाल र वामदेव गौतमले समस्या केपी ओलीभित्रै रहेको बताएपछि उनी निरुत्तरित जस्तै देखिए ।

भोलिपल्ट शनिबारसम्म प्रधानमन्त्री ओली प्रचण्डलाई फकाउने ‘मुड’मा थिएनन् । शनिबार दिँउसो ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा बोलाएर डेढ घण्टा एक्लाएक्लै छलफल गरे । तर, त्यो छलफलमा पनि उपाध्यक्ष गौतमले प्रचण्डलाई फकाएर अघि बढ्नुको विकल्प प्रधानमन्त्रीलाई सुझाए ।

वामदेव गौतमसँगको छलफलपछि प्रधानमन्त्री ओलीले शनिबार बै बालुवाटारमा बरिष्ठ नेता माधवकुमार नेपालसँग दुईघण्टा छलफल गरेका थिए । सो छलफलमा पनि बरिष्ठ नेता माधव नेपालले प्रचण्डलाई समेत विश्वासमा लिएर अघि बढ्नुको विकल्प नरहेको पुरानो अडान दोहोर्‍याए । हुन त सो भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध आक्रोश नै पोखेका थिए ।

तर, आइतबार र सोमबार तिहार सकिनासाथ प्रधानमन्त्री ओली आफूले पत्रको अन्त्यमा लेखेजस्तै जसरी हुन्छ, प्रचण्डलाई फकाउने अन्तिम कसरतमा जुट्ने निश्कर्षमा पुगेको देखिएको छ । र, प्रधानमन्त्रीको त्यही संकेतका आधारमा महासचिव विष्णु पौडेल र राष्ट्रपछि विद्यादेवी भण्डारी प्रचण्डलाई ‘फकाउन’ जुटेका छन् ।

प्रचण्ड पक्षको ‘बटमलाइन’

प्रचण्डले केपी ओलीलाई लेखेको पत्रमा आफूलाई ‘फकाउनका लागि’ प्रधानमन्त्री ओलीले ‘आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट’ देखाउनुपर्ने बताएका छन् । प्रचण्डले भनेका छन्, ‘यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ…’

व्यक्तिगत पत्रमा जस्तै प्रचण्डले आफ्नो १९ पन्ने राजनीतिक प्रतिवेदनमा पनि प्रधानमन्त्री ओलीले त्याग देखाउने बेला आएको बताएका छन् । प्रचण्डले राजनीतिक प्रस्तावको अन्त्यमा भनेका छन्, ‘म आशा गर्दछु कि कमरेड केपी ओलीले प्रमुखरुपमा गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ ।’

कार्यकारी अध्यक्ष प्रचण्डले पत्र र राजनीतिक प्रस्ताव दुबै ठाउँमा उल्लेख गरेको त्यो ‘थोरै त्याग’ वा ‘आवश्यक त्याग’ भनेको के हो ? लिखतमा यसको स्पष्ट व्याख्या गरिएको छैन ।

राजनीतिक प्रस्तावको मध्यभागमा प्रचण्डले अब पदीय भागवण्डाले मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै भनेका छन्, ‘गम्भीर र जटिल समस्याहरुको सामना अब स-साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्न असम्भव छ । यसका निमित्त वैचारिक-राजनैतिक कार्यदिशा, संगठनात्मक विधि-पद्धति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ ।’

प्रचण्डका यी भनाइहरुले अब नेकपाभित्र सामान्य पदीय भागवण्डा मात्र होइन, केपी ओलीले त्याग देखाउनुपर्ने विकल्प नरहेेको संकेत गर्दछ । नेकपा नेताहरुबाट अनुसार सम्भवतः त्यो त्याग भनेको अब केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये कुनै एक पद छाड्नुपर्ने वा दुबै पद छाड्नुपर्ने हुन सक्छ ।

वामदेव गौतमलगायतका नेताहरुले प्रचण्डद्वारा सचिवालयमा प्रस्तुत प्रस्ताव प्रचण्डको मात्रै नभएर पाँचै जना नेताहरुको साझा भएको बताएका छन् । यसको अर्थ प्रचण्डले गरेको माग भनेको प्रचण्ड-माधव नेपाल पक्षको साझा ‘बटमलाइन’ हो ।

प्रचण्डलाई फकाउने ओली पक्षको रणनीति

नेकपामा उत्पन्न जटिल परिस्थितिको सामनाका लागि प्रधानमन्त्री ओली पक्षका नेताहरुले कहिले प्रचण्ड खेमालाई माधव नेपालहरुबाट छुटाएर आफूसँग नजिक ल्याउने त कहिले माधव नेपाल- वामदेवलाई फकाएर पूर्वमाओवादी खेमालाई कमजोर पार्ने रणनीति अपनाएको देखिन्छ । तर, मंगलबार साँझसम्म आइपुग्दा प्रचण्ड-माधव- वामदेवको गठबन्धन टुटाउन ओली पक्ष सफल भएको देखिँदैन ।

यो अवस्थामा ओली पक्षको अर्को रणनीति भनेको बुधबार दिउँसो बस्ने भनिएको सचिवालय बैठक केही दिनका लागि पछाडि धकेल्नु हो । तर, आफ्नो समेत सहमतिमा तोकिएको बैठक स्थगन गर्न माधव-प्रचण्ड पक्ष सहमत देखिएन ।

आफ्नै सहमतिमा बोलाइएको बैठक बहिस्कार गर्न ओली पक्षलाई सजिलो छैन । त्यसैले बुधबार सचिवालय बैठकचाहिँ बस्ने तर त्यहीँबाट अर्को दिनलाई सार्ने रणनीति ओली पक्षले लिएको देखिन्छ । प्रचण्ड-माधव पक्षचाहिँ बुधबारको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल हुनुपर्ने, नभए स्थायी कमिटी बैठकको मिति तय हुनुपर्ने पक्षमा देखिएको छ ।

यस्तो अवस्थामा अब प्रचण्डलाई फकाउनका लागि प्रधानमन्त्री ओलीसँग दुईवटा ‘कार्ड’ बाँकी रहेको सूत्रहरु बताउँछन् ।

एउटा कार्ड हो- प्रधानमन्त्री पद आफैंले राखेर अध्यक्ष पदचाहिँ माधव नेपाललाई सुम्पने ।

र, अर्को कार्ड हो – अबको एक वर्ष केपी ओली नै पार्टी र सरकार प्रमुखमा रहने र अर्को वर्षदेखि चुनावी सरकारको नेतृत्व प्रचण्डलाई सुम्पने । र, महाधिवेशनपछि पार्टीको अध्यक्ष बनाउन आश्वस्त पार्ने ।

यति गर्दाखेरि प्रचण्ड फकिन सक्ने र नेकपाको एकता जोगिने ओली पक्षको बुझाइ रहेको नेकपाको उच्च स्रोतले बतायो ।

सम्बन्धित खवर

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग
प्रदेश विशेष

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech