कोरोना भाइरसको महामारीसंगै बन्द गराइएको नेपाल भारतको सीमा खोल्न नेपाल सरकार नमानेपछि नेपाल भारत खुल्ला सीमा सम्वाद समुह अगाडी सरेको छ । समुहको अगुवाईमा बुधवार देखि धुनषाको दुहवी सिमामा अनिश्चितकालीन धर्ना सुरु भएको छ । भारतले एकलौटीरुपमा सीमा खोलेपनि नेपालको तर्फबाट बन्द रहेको सीमालाई अझै एक महिना वन्द गर्ने निर्णय गरेपछि सीमा खोलाउनका लागि सरकारलाई दवाव स्वरुप समुहले धनुषाको दुहवी बोर्डर नजिक अनिश्चितकालीन धर्ना प्रारम्भ गरेको समुहका संयोजक राजिव झाले बताए ।
समुहका संयोजक झाको संयोजकत्वमा सुरु गरिएको धर्ना कार्यक्रम सरकारले सीमा खोल्ने निर्णय नगरेसम्म जारी रहने बताइएको छ । धर्ना कार्यक्रममा सहभागीता जनाउदै प्रदेश सभा सदस्य रामअषिश यादवले नेपाल भारतको विचको परम्परागत सम्वन्धलाई विर्गानका लागि वन्देज लगाउने षडयन्त्र स्वरुप यस किसीमको चाल चलिएको र नेपाल सरकारको यस्तो परिपाटी कुनै पनि हालतमा स्वीकार्य नहुने वताए ।
उनले नेपाल भारतविचको बेटीरोटीको सम्वन्धमा आँच पुरयाउने कुनै पनि कार्य नगर्न चेतावनी दिदै मधेशले आफनो सदियौको सम्वन्धलाई कायम राख्नका लागि विद्रोह गर्नबाट पनि पछि नहटने बताए । कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका संयोजक झाले नेपाल सरकारले षडयन्त्रपुर्ण तरिकाले महामारी देखाउदै बन्द रहेको सीमालाई सदाका लागि बन्द गरेर राख्ने अभिप्रायका साथ अगाडी बढेको बताए ।
एक महिना बन्द गर्ने निर्णय गर्दै जाने र पटक पटक फेरि समय थप्दै जानु षडयन्त्र रहेको उनको तर्क छ । सिमा बन्द हुँदा नेपालीहरु र खास गरि मधेशी जनतालाई पिडा भएको उनले बताए । औषधी, उपचार, रिस्तेदारी सवैमा असर परेको तर्फ सरकारको कुनै चासो नदेखिएको उनले बताए । कोरोना भाइरसको माहामारी फैलिएपछि नेपाल भारतको सीमा बन्द भएका कारण बिवाह, ब्रतवन्ध देखि लिएर मृत्युको काम किरियामा समेत आफन्तकोमा सीमा आरपार हुन नसकेको अवस्था हुदाँ पनि सरकार मौन बसेको वक्ताहरुको तर्क थियो ।
अनिश्चिकालिन धर्नाको प्रारम्भमा आज चन्द्रदिप यादब, बरुन झा, जिबछ दास, मनिन्द्र झा, बब्लु कुसियैत, दुर्गेश कुसियैत, जिबछ दास, स्थानिय नेता रामनाथ चौधरी, युवा नेता ललन यादब, कृष्ण साह, अजित झा, जिबछ कुसियैत, कृष्ण कुसियैत, महन्थ राय, मुकुन्द्र झा, पत्रकार प्रमोद साह लगायतका सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस्