सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ५० शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।
नगरपालिकाको वडा नम्बर १ भारदहमा बुधबार अस्पतालको शिलान्यास गरिएको हो । प्रदेश २ सरकारको लगानीमा निर्माण हुन लागेको अस्पतालको एक कार्यक्रमकाबीच सामाजिक विकास मन्त्री नवलकिशोर साहले शिलान्यास गरे ।
अस्पताल भवनको शिलान्यास गर्दै मन्त्री साहले प्रदेशमा स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो बनाउनका लागि प्रदेश सरकार लागि परेको बताए । उनले ५० शैय्याको अस्पताल निर्माण भएपछि यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारका लागि सहज हुने बताए ।
उनले अस्पताल निर्माण भएपछि चिकित्सक, स्वास्थ्यकर्मीसहित उपकरणको जोहो पनि प्रदेश सरकारले नै गरिदिने बताए ।
१ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको ठेक्का लागिसकेको र १ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको मन्त्री साहले बताए ।
प्रतिक्रिया दिनुहोस्