जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वस्थ्य पिउने पानीको उपलब्धता जनताको मौलिक तथा आधारभुत अधिकार भित्र पर्ने हुँदा यसको व्यवस्था मिलाउने कार्यमा प्रदेश सरकार जुटिरहेको बताउनुभएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ बहुअरीमा निर्माण गर्न लागिएको पम्पिङ्ग प्रणाली अन्तर्गतको डिप ट्युवेल खानेपानी आयोजनाको आज एक कार्यक्रमबी शिलान्यास गर्दै प्रदेशबासीका शिक्षा, स्वास्थ्य खानेपानी लगायतका आधारभुत आवश्यक्तालाई परिपुर्ति गर्न प्रदेश सरकार ठोस कार्यक्रम सहित अगाडी बढेको बताउनुभयो ।
प्रदेश नम्बर २ भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बारा, पर्साले ४ करोड ९८ लाख ५३ हजार २ सयको लागत सो खानेपानी आयोजना निर्माण गर्न लागेको आयोजना प्रमुख जकी अहमदले जानकारी दिनुभयो ।
आयोजना अन्तर्गत २ सय २२ घन मिटरको २ लाख २५ हजार लिटर क्षमताको खानेपानी ट्यकीं निर्माण गरी १५ हजार ८ सय मिटर पाईप विछ्याएर वीरगञ्ज बहुअरी आसपासका ७९० घरधुरीमा स्वस्थ्य पिउने पानी वितरण गर्ने योजना रहेको छ
प्रतिक्रिया दिनुहोस्