जनकपुर : महोत्तरीको बर्दिवास घटनाको विरोधमा प्रदेश २ को स्थायी राजधानी जनकपुरमा समेत युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

बर्दिवासको घटनालाई लिएर स्वतन्त्र युवाहरूले जनकपुरको रामानन्द चौकमा विरोध प्रदर्शन गरेका हुन् । ६ वर्षीया वालिका गुलबसाह खातुनको हत्याको विरोधमा मंगलबार बर्दिबासमा पीडित परिवारको न्यायका लागि आन्दोलन गर्ने क्रममा प्रहरीले दमन गरि आन्दोलनकारी माथी चार राउण्ड गोलि प्रहार गर्दा स्थानीय तिन जना व्यक्ति घाइते भएका थिए ।

घाइतेमध्येका स्थानीय युवक सञ्जय न्यौपानेको उपचारको क्रममा बुधबार बिहान काठमाडौंमा मृत्यु भएको छ । न्यौपानेलाई प्रहरी प्रशासनले हत्या गरेको भन्दै त्यसको विरोधमा जनकपुरको रामानन्द चौकमा आज युवाहरुद्वारा विरोध प्रदर्शन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्