• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विवाह पञ्चमीको भाका खेर गयो, कहिले चल्छ नेपाली रेल ?

२०७७ मंसिर २६, शुक्रबार २३:४५

जनकपुरधाम । नेपालको आफ्नै रेल आइपुग्दा २ असोजमा जनकपुरमा खुसीयाली छायो । भारतबाट आएको रेल हेर्न मात्र सयौं मानिस रेल्वे स्टेसन पुगेका थिए ।

रेल आएको तीन महिना पुग्न लाग्यो । तर, अहिलेसम्म यात्रु सेवा सञ्चालन हुन सकेको छैन । सेवा सञ्चालनका लागि नेपाल रेल्वे विभागका अधिकारीहरुले दिएको विवाह पञ्चमीको भाका पनि रेल सञ्चालनमा नआउने भएको छ ।

यो वर्ष विवाह पञ्चमी पुस ४ गते परेको छ । तर विवाह पञ्चमीका दिनबाट रेल सञ्चालन गर्न नसकिने  नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरुप्रसाद भट्टराईले बताए । ‘हाम्रो योजना त त्यही थियो । तर, यो मितिमा रेल गुडाउन सकिएन,’ उनले भने ।

नेपाल रेल्वे कम्पनीले नयाँ भाका राखेको छ, पुस मसान्त । ‘विवाह पञ्चमीमा सुरु हुन नसके पनि पुस मसान्तभित्र रेल गुडाउँछौं,’ महाप्रवन्धक भट्टराईले बताउनु भयो ।

८३ करोड ९३ लाख ६० हजार (भन्सार शुल्क बाहेक) मा खरिद गरी ल्याइएको १६०० एचपी डेमुको दुई वटा रेल अहिले धनुषाको इनर्वामा पार्किङ्ग गरेर राखिएको छ । रेलको सुरक्षाका निम्ति सशस्त्र प्रहरीलाई खटाइएको छ ।

यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म सञ्चालन गर्ने योजना छ । पहिलो चरणमा लिक बनेको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन गर्ने भनिएको छ ।

पुस मसान्तमा पनि सञ्चालन गर्न गाह्रो

रेल नेपाल आएपछि नेपाल रेल्वे कम्पनीले ६ महिने करारमा विभिन्न पदमा १२९ जना कर्मचारी राख्न विज्ञापन गरेको थियो । झण्डै ३२ हजारले आवेदन पनि दिएका छन् ।

तर रेल कम्पनीले निकालेको विज्ञापन नै रद्द गरेर लोकसेवाले अर्को विज्ञापन निकाल्ने तयारी छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार केही दिनमा कर्मचारी माग हुन्छ र, विज्ञापन प्रकाशित गरेर भर्ना प्रकृयामा जाँदा कम्तीमा २ महिना लाग्छ ।

रेल सञ्चालनमा नआउँदै रेल्वे ट्रयाकबाट झण्डै १८ हजार क्लिप चोरी भइसकेको छ । एउटा क्लिपमा एक किलो फलाम हुन्छ । ‘बन्दाबन्दीको समयमा क्लिपहरु चोरी भएको छ,’ रेल विभागका साइट इन्चार्ज विनोद ओझाले भने, ‘रेल आएपछि हामीले अनुगमन गर्दा क्लिपहरु चोरी भएको पाइएको हो ।’

रेलको ट्रयाक बनाउने जिम्मेवारी भारत सरकारको भएकाले उसैले क्लीप जोडेर नेपाललाई हस्तान्तरण गर्नेछ । कर्मचारीको अभाव र क्लिप चोरी मात्र होइन, रेल्वे सञ्चालनका लागि कानुनको समेत अभाव छ ।

कानुनी अभाव पूर्ति गर्न अध्यादेश ल्याउने तयारी भइरहेको विभागका महाप्रवन्धक भट्टराईले बताए । ‘अध्यादेशको मस्यौदा तयार भइसकेको छ,’ उनले भने, ‘चाँडै मन्त्रिपरिषद्को बैठकमा पेस गरिनेछ ।’

नेपालले मात्र कानुन बनाएर हुँदैन, भारलले पनि बनाउनुपर्छ । यसका लागि कुराकानी भइरहेको भन्दै उनले भने, ‘यसपछि दुवै देशबीच रेल संचालन गर्ने सम्झौता हुन्छ ।’

सम्बन्धित खवर

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव
प्रदेश विशेष

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’
प्रदेश विशेष

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान
प्रदेश विशेष

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले

ताजा समाचार

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us