काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा सरकारले आइतबार (आज) संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने घोषणा गरेपछि पूरै राजनीतिक बृत्त नै तरंगित बनेको छ ।
संसद विघटनपछि स्थायी कमिटीको बैठक बसेर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।
तर, उक्त बैठकमा ओली र उनी निकट नेताहरु पनि सहभागी भएनन् । साथै, पूर्व माओवादीका आधा दर्जन नेताहरुले पनि उक्त बैठक बहिस्कार गरेका छन् ।
जानकारी अनुसार पूर्व माओवादीका नेताहरु रामबहादुर थापा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टले बैठक बहिस्कार गरेका हुन् ।
यसैबीच पूर्व एमालेका अध्यक्ष ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल, किरण गुरुङ, पृथ्वी सुब्बा गुरुङलगायतले बैठक बहिस्कार गरेका हुन् ।
आजको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको विघटन तथा पार्टीको आगामी कदमबारे निर्णय गर्न मङ्गलबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्