काठमाण्डाै – नेकपाको प्रचण्ड-नेपाल समूहले विरोध प्रदर्शन सुरु गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् । प्रदर्शनमा प्रचण्ड-नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी छन् ।
प्रदर्शनमा विघटित प्रतिनिधिसभा सदस्यहरुले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड बोकेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आज सर्वोच्च अदालत र निर्वाचन आयोग जाने प्रचण्ड-नेपाल समूहको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्